सांसद क्षेत्रीको पहलमा अर्घाखाँचीका २६ अग्नी पिडित परिवारलाई राहात सामग्री हस्तान्तरण

| २०८१ जेठ १ गते १४: ४८ मा प्रकाशित

अर्घाखाँची । लुम्बिनी  प्रदेशकी  पुर्व सासंद निर्मला क्षेत्रीको पहलमा अर्घाखाँचीका अग्नि पीडितहरुलाई राहत वितरण गरिएको छ। 

गत चैत २४ गतेदेखि  वैशाख २६ गते सम्म आगलागीबाट घरगोठ जलेर नष्ट भएका  २६ घरपरिवारलाई खाद्यान्न,लत्ताकपडा लगायतका सामानहरु  वितरण गरिएको हो ।पिडित परिवारलाई केही भएपनि राहत होस भनेर जनप्रतिनिधिहरुको समन्वय उक्त सामग्री हस्तान्तरण गरिएको पुर्व सांसद क्षेत्रीले बताइन् ।

भुमिकास्थान नगरपालिका वडा नम्बर १,५,३र ४,मालारानी गाउँपालिका वडा नम्बर ५,शितगंगा नगरपालिका वडा नम्बर ५,पाणिनी गाउँपालिका ३र ८र छत्रदेव गाउँपालिका ४ र ५ र सन्धिखर्क  नगरपालिका वडा नम्बर २ मा  अग्नी पिडितको घरमा पुगेर उनले घरबार विहिन परिवारको दिगो रुपमा पुनःस्थापनाका लागि राज्य जिम्मेवार हुनु पर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग आगामी दिनमा पनि गर्ने बताएकी हुन् ।

बिपत्तिको अबस्थामा सबै एकै ठाउँमा उभिएर समस्याको समाधान गर्नुपर्ने विषयमा पनि जोड दिन्न आग्रह गरिन ।

नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजना र टेवा नेपालको सहयोगमा उक्त राहत सामग्री जनप्रतिनिधिको समन्वयमा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्