श्री भगवती माविको ५९ औं बार्षिकउत्सब तथा स्वर्ण महोसत्व सम्पन्न (तस्विर सहित)

| २०८१ जेठ ६ गते १७: ०३ मा प्रकाशित

राेशन पाैडेल ,पातुण्डाँडा। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं -०७ "श्री भगवती  माध्यमिक  विद्यालय को"  ५९औं बार्षिक उत्सब कार्यक्रम सम्पन्न कार्यक्रम सम्पन्न भएको छ । 

श्री भगवती  माध्यामिक विद्यालय २०२२ जेठ ६ गते स्थापना भएको हो । यस विद्यालयको स्थापना समाजसेवी  " ब्याक्तित्व टेक बहादुर रायमाझी,सुदिप बहादुर मल्ल, ठकुरिटेक बहादुर पुन मगर,निम बहादुर थापा मगर मित्रलाल आयार्य ले  " गर्नुभएको हो ।

विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीदाता, अभिभावक, शिक्षकलाई सम्मान, उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत साथै विद्यालयका विभिन्न अक्तिरिक्त क्रियाकलाप र खेलकुदमा प्रथम, द्धितिय, तृतिय र सान्तवना स्थान हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्दै वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

श्री भगवती  माध्यमिक  विद्यालय को" ५९ औं बार्षिक उत्सब उक्त कार्यक्रममा प्रमुख अतिथी भुमिकास्थान नगरपालिका का प्रमुख झबिलाल थापा  तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  अध्यक्षतामा भएको समापन कार्यक्रममा विधालयका प्रध्यानाध्यापक कृष्ण बहादुर क्षेत्री  भूमिकास्थान नगरपालिका ०७  का  वडा अध्यक्ष रामचन्द्र ढुंगाना जिल्ला शिक्षा समन्वय ईकाईका  प्रमुख मनिराम पाैडेल नगर शिक्षा शाखा प्रमुख तुबलाल सापकोटा नुवाकोट मावि चिदिचाैरका  प्रध्यानाध्यापक पान ब क्षेत्री विद्यालय नि बर्तमान पूर्व व्यवस्थापन समितीका अध्यक्ष रामचन्द्र ढुङ्गनाले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा   नगरस्तरीय पेशागत शिक्षक संघ÷संगठनका प्रमुख तथा प्रतिनिधि, अभिभावक , विधालयमा कार्यरत शिक्षक / शिक्षिक , जनप्रतिनिधी , पत्रकार , समाजसेवी, विधार्थी  लगायतको उपस्थिति रहेको विद्यालयले जनाएको छ । कार्यक्रम संञ्चालन नारायण बहादुर क्षेत्रीले गनुभएको थियो ।

विद्यालय कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्