भुमिकास्थान नगरपालिका मा नागरिक आराेग्य समिति तथा आर्युवेद सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

| २०८१ जेठ ८ गते १६: ३७ मा प्रकाशित

पूजा केसि,अर्घाखाँची ।अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्ककाे आयाेजनामा भुमिकास्थान नगरपालिकामा नागरिक आराेग्य समिति तथा आयुर्वेद सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ!आयुर्वेद याेग जिवनशैलि तथा जडिबुटीकाे माध्यमबाट शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य शरिर सकारात्मक साेच र व्यक्तितब विकास गरि स्वस्थ समाज निमार्ण गर्ने उदेश्य साकार पार्न स्थानीय तहका प्रमुख काे संयाेजकत्वमा गठित स्थानीय नागरिक आराेग्य समितिलाई अभिमुखीकरण कार्यक्रम भुमिकास्थान नगरपालिकामा सन्चालन गरिएको अर्घाखाँची आयुर्वेद स्वास्थ्य का प्रमुख कमलराज आचार्य ले जनाएका छन। 

भुमिकास्थानमा सन्चालनमा रहेको नागरिक आराेग्य सेवा केन्द्र बाट नागरिक हरुलाई आधारभूत आयुर्वेद स्वास्थ्य सेवा सहज रुपमा प्राप्त भइरहेको नगरप्रमुख झविलाल थापाले बताएका छन। 

कार्यक्रममा समितिका सदस्य हरुलाई आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख कमलराज आचार्य ले सहजिकरण गरेका थिय र कार्यक्रममा आराेग्य समितिका पदाधिकारीहरुकाे काम कर्तव्य र अधिकार तथा स्थानीय तहबाट सन्चालन गरिने कार्यक्रमकाे जानकारीका साथमा आराेग्य प्राप्तिका लागि औंषधिकाे प्रयाेग लाई न्युनिकरण गरिने तथा नागरिक अभियान अन्तर्गत जिवनशैलि व्यवस्थापन ,याेग ,ध्यान जस्ता कुरालाई विद्यालय तह सम्म सन्चालन गरिने आगामी दिनमा स्थानीय तहबाट समेत उक्त सेवा सञ्चालन लाई समेत प्राथमिकता मा राखी वडास्तर सम्म नागरिक आराेग्य सेवा केन्द्र स्थापना गर्नुपर्ने जाेड दिईएकाे छ। 

नागरिक अभियान तथा घरभेट अभियानलाइ विस्तार गरि पालिकाकाे १० ओटै वडा सम्म लैजानुपर्ने तथा भुमिकास्थान नगरपालिकाका कृषकहरुलाई  जडिबुटी खेति गर्न तर्फ प्राेत्साहन गरिने तथा स्थानीय तहमै जडिबुटी प्रशाेधनका लागी मेसिन खरिद गरि ल्याईएकाे नगरप्रमुख थापाले बताएका छन्। 

कार्यक्रम भुमिकास्थान नगरपालिका तथा स्थानीय नागरिक आराेग्य समिति का संयाेजक तथा नगरप्रमुख झविलाल थापाकाे अध्यक्षता जिल्ला समन्वय समिति सदस्य झुपलाल खनाल भुमिकास्थान वडा न ७ काे वडा अध्यक्ष रामचन्द्र ढुङ्गाना यसैगरि वडा न ९ वडा अध्यक्ष खेमराज चूँदाली,वडा न १० का वार्ड अध्यक्ष खगेश्वर पन्थि र भुमिकास्थान नगरपालिका शिक्षक शाखा  प्रमुख तुपलाल शापकाेटा ,नागरिक आराेग्य केन्दका प्रमुख पन्चकुमारि थारु लगायत अन्य अतिथिहरुकाे उपस्थिति रहेको थियाे।

कार्यक्रम सन्चालन आयुर्वेद स्वास्थ केन्द्रका वैध निरिक्षक पशुपति पन्थिले गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्