बाटो बिरायौ साथी (कविता): जनक पौडेल

| २०७८ भदौ १२ गते १५: २२ मा प्रकाशित

तिमिले जे सिकायौ मैले
 त्यहि अनुशरण गरे
 तिमी सिकाउने ले
 बाटो विरायौ
 तर म त्यसैमा दृढ रहे
 अब भन पृय मित्र 
तिमी दोषि कि म ?

तिम्रो बुझाई को भान 
मलाई यस्तो लाग्दैछ 
तिमिले भनेको मैले मान्नै पर्ने
मेरो आफ्नो बुझाई 
अध्यान अनुभव 
अभ्यास गर्दै आएका प्रचलनमा

 कायम रहदाँ
 तिमिलाई अौडाह हुने
सिद्धाउन प्रचन्च रच्ने
 प्रिय मित्र 
सामान्ती सोच यहि हो
अन्य ठाउँ खोज्नु पर्दैन
तिमिले मलाई जति चिन्छौ 
मैले पनि तिमिलाई चिन्न
अरुको साहरा लिन पर्दैन।

फेरी पनि..
मलाई आफै बुझ्ने चिन्ने बनायौ
म तिम्रो धृणाको पात्र भए पनि 
तिमी लाई धन्यबाद मित्र।

तिमीले गलत सोच्यौ
आफु मात्र सच्चाई छु
त्यसैलेम पनि लुरु लुरु तिमी संगै हुन पर्ने
तिम्रो आदेश नै मान्नु पर्ने
दक्षिण जादाँ उतै जानु पर्ने
पश्चिम जादाँ उतै जानू पर्ने
पुर्व जाँदा पनि उतै जानू पर्ने

मेरो ईच्छा चाँहना बुझाई 
अध्यान अनुभव 
केही पनि होईनन्
मात्र तिमी सच्चाई..
त्वम् शरणरम् गर्नु पर्ने।

तिमिले नै सिकाएको 
मैले अनुशरण गर्दै आउदाँ
गलत हो भने तिमी हौ
म होईन
विश्वास घात हो भने
तिमी नै हौ ।

म होईन..
किन कि सिकाएको 
सिक्ने गलत हुँदै होईनन्
यदि गलत सिकाएका हौ भने
तिमि नै गलत हौ
 प्रिय मित्र।
मैले बिराएकै छैन 
मात्र तिमिले नै सिकाएको 
अनुशरण गर्या हुमँ
त्यसैले क्रोध र प्रतिशोध
हटाई निधार खुम्चायौ 

प्रिय मित्र
तिम्रो स्वार्थ पूरा गर्ने अभियानमा
म सामेल नहुदाँ 
म दोषि कसरी हुन्छु र !
त्यसैले मलाई पश्चताप छैन
प्रिय मित्र।

प्रतिक्रिया दिनुहोस्