शीर्षक : म आउदै छु

| २०८० चैत १८ गते १६: ५७ मा प्रकाशित

हो,
म आउदै छु
मेरो लडाइ लड्दै छु
संघर्ष गर्दैछु
पाइला चाल्दै छु

चाल सुस्त होला
वेग सानो होला
गति मध्यम होला
सुरुवात मन्द होला
तर, म आउदै छु
पाइला चाल्दै छु

तिम्रो शक्तिले रोक
तारबारले छेक
बाटोमा काँडा रोप
खुट्टा तान्दै गर
तर,
म आउदै छु
पाइला चाल्दै छु

सहज छैन बाटो
चुनौती कयौं होलान
यात्रा लामो होला
गन्तब्य टाढा होला
कठोर तिम्रो पीडा बन्ला
यातनाको चरम पुग्ला
तर,
म आउदै छु
संघर्ष गर्दैछु
पाइला चाल्दै छु

काँडा बिनाको बाटोमा हिड्नुको के मजा
चोट नलाग्ने तिम्रा ति मार को के चिन्ता
कम्जोर छन् ती तिमीले ठुला ठानेका बाधा
नदुख्ने घाउको यहाँ कस्लाई पो छ र वास्ता
दुश्मन बिनाको त्यो जितको पो के मजा

म आउदै छु
तिम्रो घमण्डको कर्मठ जवाफ बन्न
तिम्रो क्रोधको डटेर सामना गर्न
तिम्रो ईर्ष्याको सबल बलि चढाउन
म आउदै छु
तिम्रो प्रहारको सितल तोड बन्न
तिमिले छरेका विषको ओखती बन्न

हो,
म आउदै छु
मेरो लडाइँ लड्दै छु
संघर्ष गर्दैछु
पाइला चाल्दै छु ।


लेखक : बिनोद भुसाल 
छत्रदेव ०४ अर्घाखाँची

प्रतिक्रिया दिनुहोस्