धुम्रपान को सेवन नगरौं स्वस्थ र निरोगी रहौं: पारस भट्टराई

| २०७८ पौष १७ गते १८: ३२ मा प्रकाशित

पारस भट्टराई। नेपाली समाजमा ब्यापक रुपमा गरिबी छ। यसैले गर्दा कैयौं अभिभावक हरु रोजगारी को शिलशिलामा बिभिन्न बिदेशी भूमिमा गईरहेका छन्। जसले गर्दा घरमा आमा बुबा,श्रिमति र छोराछोरी मात्र छन्। कुनै बिधार्थी त मिहिनेत गरेर पढिरहेका हुन्छन् भने कोही चाहिँ अभिभावक लाई कुनै बहाना बनाई कुलतमा समेत फसेको पाइन्छ। 

यस्तो मा फस्नु को मेरो बिचारमा दुई ओटा कारण छन्।१/घरकाले निगरानी नराख्नु।२/साथिभाई को लहलहैमा लागेर। घरको अभिभावक ले आफ्नो छोराछोरी को निगरानी नराख्दा उनीहरू राम्रो भन्दा नराम्रो कुरा को अनुशरण गर्दै जान्छन्। साथिहरुले धुम्रपान सेवन गरेपछि तैले पनि चाख कस्तो मिठो छ भनेर भन्छन् अनि कोही त कुरै नबुझी हो रैच भनि सेवन गर्छन।
 एक दुई दिन खाएपछि त उसलाई लत नै लाग्छ।अनि उसको दिमागमा त सोही कुरा कताबाट हुन्छ खाने मात्रै सोच आऊछ । कूनै दिन त पैसा होला नहुदा चाहिँ नकारात्मक कुरा मनमा खेल्न थाल्छ। 

अनि कोही  घर का परिवार को झोला बाट पैसा चोरेर आफ्नो आबश्यकता पूरा गर्छ। यसैबाट उ चोरी डकैती गर्छ। मैले आफैले आखाले के सम्म देखेको छु भने बिधालय जाने बहानामा साथिहरु जम्मा भई जंगल मा पशि धुम्रपान सेवन गर्ने। हुनत यस बिषयमा धेरै कानुन बने पनि कार्यन्वयन हुन सकेको छैन। 

बिधालय को खाजा खाने क्रममा पसल गइ धुम्रपान सेवन गर्ने त फेसन नैं भईसक्यो। यसले बर्तमान असर नगरे तापनि भबिस्य मा थुप्रै समस्या निम्त्याउन सक्छ। अहिले नै‌ यस्तो गर्न थालेपछि आफ्नो जिबन नै राम्रो सँग चल्न सक्दैन। परिवार का आबश्यकता समेत पुरा गर्न नसक्दा परिबारकै सदस्य बाट हेलाको दृष्टि मा परिन्छ।
  
आजसम्म सेवन नगरे काले यसको सेवन कहिल्यै नगरौं। गर्नेले पनि बिस्तारै यसबाट हट्ने उपाय अवलम्बन गरौं।

प्रतिक्रिया दिनुहोस्