स्थानिय सरकार प्रमुखलाई मेरो प्रश्न ? रमेश खनाल

| २०७८ पौष २६ गते २२: ०६ मा प्रकाशित

स्थानिय सरकार बनेको लामो समय भैसकेको छ ,जनताले यहाँहरूलाई ५ वर्षका लागि निर्वाचित गरेका हुन् ।अब एक कार्यकाल सकिन लागेको छ निर्वाचनको तयारिमा रहेको बेला स्थानीय सरकारका प्रमुखहरूलाइ म केहि प्रश्नहरु सोधेन चाहान्छु मलाइ लाग्छ यी प्रश्नहरु मेरो मात्र नभइ सम्पुर्ण आम नेपालीको हो ।

यी प्रश्न म संघिय सरकार प्रदेश सरकारलाइ किन गरेन भन्नुहोला जनताको सवैभन्दा नजिकको स्थानिय सरकार हो त्यसैले स्थनिय सरकारलाइ सोध्ने मेरो तात्पर्ये हो ।

प्रमुख ज्यू ….?


 स्वास्थ्य सुरक्षा,राहत,कृषि क्षेत्र, शिक्षा र रोजगारी सृजना अहिलेसम्म के कति काम गर्नुभयो ?

पूर्वाधार निर्माणमा बजेट कति र कसरि खर्च गर्नुभयो ?
स्वास्थ्य क्षेत्रमा के उपलब्धि गर्नुभयो , कहाँ अस्पताल बनाउनुभयो कहाँ बेड थप्न लाग्नुभयो ?‍

कोरोनाको मारमा परेका व्यक्ति तथा व्यवसायलाई कति र कसरी राहत दिनुभयो ?

रोजगारी गुमाएकालाई रोजगारी दिने विषयलाई कति प्राथमिकता दियर काम गर्नुभयो?
खै उपलब्धि त स–सानो स्तरमा भए पनि देखियन त कि मैले देखिन प्रमुख ज्यू ?
स्वास्थ्य र शिक्षामा गुणात्मक लगानी कति बढाउनुभयो ?

आफ्नो कृषि उपज विक्री गर्न नपाएर नोक्सानी व्यहोरेका किसानलाई राहत र प्रोत्साहन दिने नीति तथा कार्यक्रम त सुनिन त मैले ?

भ्रष्टाचार नियन्त्रण र सदाचार प्रणालीको विकास खै कहा भयो ?
शिक्षा र स्वास्थ्य जस्ता आधारभुत कुरा मा कति सुधार भयो तपाइको कार्यकालमा ?

जनताले खोजेको सेवा दिन कत्तिको सफल हुनुभयो ?

जनताको भावना बुजि जनताको पीरमा मल्हम लगाएको त यता कता देखियन अनि सुनियन नि ?

चुनावि प्रचारमा गरेका बाचा कतिको पुरा गर्नुभयो ?

यी मेरो मनमा उब्जिएको तमाम प्रश्नको उत्तर पाए म मेरो अर्को लेखमा सबै जवाफ समेटने थिए ?

प्रतिक्रिया दिनुहोस्