हत्याहिंसा चोरिठगि गरेर जेल जीवन बिताए: बिष्णु भट्टाई

| २०८० सावन १३ गते १८: २६ मा प्रकाशित

हत्याहिंसा चोरिठगि गरेर जेल जीवन बिताएका भैंसी गोठालाहरु बोल्दा आफ्नो बिगत र बर्तमानलाई नियालेर बोल्ने गर्नुनि । बोल्नु र जनता ठग्नु जानेकै भरमा चिठ्ठामा नेतागिरि हात पारेर अहिले सुतेको बागलाई हिलो छ्याप्दैछौ । सन्तले हरेकलाई सन्त, चोरले हरेकलाई चोर र हत्याराले हरेकलाई हत्यारा देख्छ नै । 
चोर,ठग, हत्यारा, तस्कर, देशद्रोहिहरुको मसिया र संरक्षक हौ तिमिहरु । आफ्नो स्वार्थका लागि देशको स्वाभिमान,देशका संपदा र जनता सम्म बेचेका छौ तिमिहरुले । तिमिहरु आफ्नो हितको लागि आफ्नै सहयात्री र सहयोद्धाको हत्या गर्ने हत्याराहरुले ज्ञानेन्द्रलाई हत्यारा देख्नु आश्चर्य मान्नुपर्ने नौलो कुरा हैन ।
 जब पतन नजिक आउँछन् नि आफू भन्दा अब्बल जनसम्रथन पाएकाहरुको आलोचना मात्रै दिमागमा आउँछ । जब दिमागमा गिदिको ठाउँमा लिदिले लिएपछि कस्को के लाग्छ । गोबर ओबरफुल भएपछि कताकता के के खुस्किन्छ मुखबाट थाहा हुन छाड्नु स्वभाबिक हो ।

 यदि ज्ञानेन्द्र हत्यारा नै थिए भने अहिले सम्म कार्बाहि किन गरेनौ ? के हेरेर बसेका थियौ ? कति बर्ष भयो तिमिहरुको हातमै सत्ताको डाडुपन्यु छ त । अनि मदन आश्रितका हत्यारा खोज्यौ ? मदन पत्नि र सहयोद्दा नै देश र सरकार प्रमुख हुँदा के गर्यौ ? मदनको बिचार बेचेर मदनको नाममा दुईचार बाटोका नाम राख्नु भन्दा अरु के उखाड्यौ ।

 ज्ञात रहोस एमाले पार्टी तिम्रो बाउले अंशमा दिएको बपौति हैन । लाखौंलाख जनताको खुन पशिनाले सिँचेको पार्टी हो । तिम्रो अन्टसन्ट अनियन्त्रित बोली र ब्यबाहरले कहाँ पुग्दै छ एमाले आउने चुनावमा देख्छौ । बेलैमा भजनमण्डलिको घेराबाट निस्किएको भए राजनेता बन्ने अबसर थियो । जनताले सिरमा राखेका थिए अब पैरमा राख्छन । बाउ भन्दै तेल लगाउँदै घाउ लगाएको देखेनौ....। बा संबोधन सुन्दा आफुलाई राष्ट्र पिता नै भएको ठान्यौ अब भुगत्नु नि ....

प्रतिक्रिया दिनुहोस्