विपतीले लग्यो सम्पती :विकास सुनार

| २०८१ बैशाख १८ गते १८: ०८ मा प्रकाशित

आगो दनदन दनकिएको थियो । म अतालिएर आफनै अगाडी सारा सम्पत्ति सखाप भएको थियो । बिस्तारै म  आफ्नै परिवारलाई खोज्न लागे ।  जब मैले कल्पना नै गर्न नसक्ने घटना मेरौ अगाडि देखे ।  आगोमा दनदन दनीकएको अवस्थामा म मेरो परिवारलाई देखे । म जिउँदो  लाश भए  । मलाई रिन्गता लागन लागेयो म लडे । म छाडी पिटीपिटी रुन लागे बिस्तारै बिस्तारै छिमेकी को घरतर्फ हेरे उँता पनी उस्तै  थियो ।

मान्छे सारा सम्पत्ति केही नहेरी आफ्नो ज्यान बचाउन दगुरोका थिए । म जिउदै लाश जस्तै भएको थिए । म सपना मा थिए या विपना केही थाहा थिएन । केवल म आगो दनदन दनकिएको एकदमै विकराल रूप देखेको मात्र थिए ।

यस्तीकैमा दाई हिडनुहोस आगो नजिकै आयो । हिडनुहोस हिडनुहोस ......म निः शब्द थिए मेरो मुखबाट कुनै शब्द नै आएन  मलाई मान्छेले धकलिए आगो देखी केही टाढा लगे। मैले म जस्तै मान्छेहरु देखी रहेको थिए । मान्छे छाटी पिटी पिटी भकानो छाडेर रोएको देखे ।  कसैको छोरी, कसैको छोरा , कसैको बुढी, बुढो कसैको सारा सम्पत्ती आगोले नष्ट सखाप पारेको थियो । निकै दर्दोनाक भएको थियो । मान्छे जलेर खरानी भएका थिए । नाङ्गो आँखाले हेर्न नसक्ने अवस्था थियो । मान्छे चिचाउँने कराउने गरेको थिए । पुलिका गाडी , आर्मी , शसस्त्र , दमकल एम्बुलेन्स एकदमै ठुलो मात्रमा यता वरपर ठुलो मात्रामा हो हल्ला चलेको थियो ।

सुरक्षाकर्मी लगायत मान्छेहरुले आगोले चलेका शव घाइते भएको मान्छे  एम्बुलेन्स मा राखी अस्पताल लग्दै थियो । घाइते भएका मान्छेको पनि अवस्था निकै नाजुक बन्दै गएको थियो । कसैको हाट सबै सखाप , कसैको शरीर जलेर मात्र सास फेर्न अवस्थामा बाचेका थिए । एकदमै विकराल अवस्था सिर्जना भएको थियो । कसैले कल्पना नै गर्ने नसक्ने अवस्था आएको थियो ।

जिवित रहेका मान्छे केवल आखाँबाट आशु लिएर रुन बाहेक केही  अरु केही गर्न सक्ने अवस्था थिएन ।  भकानो छाडेर मान्छे रोएका थिए । गाउँ नै सोकमा परेमा थियो । सबैको आँखामा टिलपिल टिलीपल आँशु छचल्किएको थियो ।

प्राकृतिक विपतीले  कसैलाई छाडेन  । नत धनी नत गरिब लाई नै त्यहाँ सबै एउटै भएको थिए । केवल राहतको भरमा बाच्नु पर्ने बाध्यता थियो । मर्ने त मरेयो तर बाच्ने लाई मनमा छुटै पिडा अनी जिउँदै मरेर बाच्नु पर्ने अवस्था थियो । राहत पनि छुटै पुग्दैन थियो । मान्छे हेरी हेरी  विवेदीकरण  आधारमा रहत वितरण गरिएको थियो । छिटै राहत वितरण  गर्दैन थिए । एकातर्फ  आफ्नै शरीर शिथिल अवस्थामा रहेको थियो । एकातर्फ दर्दानाक पिडा , केवल सपना जस्तै लागेको थियो ।

खुला आकाश मुनी  नत खानेको ठेगाना नत बस्नेको नै , नत खानाँको लागि अन्न छ नत बस्नेको लागि बाँस !
एकातर्फ परिवारको त्यो अवस्था म जिउँदै लाश जस्तै भएको थिए ।

दाई ए दाई  ......
नमस्ते : सन्चै हुन्नुहुन्छ । हामी राहत लिएर आएको । म केही बोलिन म केवल मौन थिए । शरीर शिथिल भएको थियो ।
केही कपडा केही अन्न देखिन थिए , । अनी साथम क्यामरा माइक लिएर फोटो खिचे भिडियो बनाएर अनी फके ।
केवल यस्तै क्रम चलिरहेको थियो । मान्छेले आफ्नो स्वार्थ पूरा गर्न सहयोगको नाममा फाइदा उठाएका थिए ।

प्रदेश मा  दुःख गरेर पठाएको पैसा राहतको नाम अशूली रहेका थिए । तर पिडित सम्म राहत पुग्दैन थियो । क्यामरा लिएयो भिडियो देखाएर  थोहोरौ पैसा देखाएको अरु पिडित सम्म पुग्दैन थियो । सरकार बाट राहत को सामग्री छिटै पुग्दैन थियो ।
कसैले म बोलाएको जस्तै लागेयो , म झसर्ग भए दाई दाई भुकम्प आयो हिडनुहोस हिडनुहोस बाहिर निस्कुनुहोस् ।
हतार हतार हतारमा दगुरे .....
आखिर प्राकृतिक विपतिले कसैलाई छाडेन भएन ।

नेपालमा : प्राकृतिक विपतीबाट  बर्षिनी ज्यान गुमाउनुहुने प्रती  हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।साथै : पिडित लाई समयमै  राहत वितरण प्रभावकारी मात्र मा  सञ्चालन गरि उनीको घाउँमा मलाम लागाउने काम गरै ताँकी फाइदा नउठाउँ। 

प्रतिक्रिया दिनुहोस्