हाम्रो धर्मसंस्कृति र मानविय धर्मको मर्मले मरि सकेको ब्यक्ति सँग बैरभाव राख्दैन: भट्टराई

| २०८० भदौ २७ गते १८: २३ मा प्रकाशित

भदौ २७। हाम्रो धर्मसंस्कृति र मानबिय धर्मको मर्मले पनि मरि सकेको ब्यक्ति सँग बैरभाव राख्दैन । हिँजसम्म मेरो पनि नेम्वाङ सँग थुप्रै असन्तुष्टि थियो तर अब सकियो । यदि अनुचित कार्य गरेको रहेछ भने जिउँदो छँदै सजाय दिने हो । मरेपछि गालि र श्राप दिनुको के तुक । 

धर्मनिरपेक्ष बनाउनुमा सुबासको एकल दोष पक्कै हैन र छैन होला । सिँगो सदनका अधिकांश दोषि थिए र छन होला । तिनिहरुलाई खोजि खोजि सजाय देउन यार । 

अब हिन्दु राष्ट्र हुनकालागि दुईवटा बिकल्प छन । एउटा बुलेट र अर्को ब्यालेट । बुलेटबाट हिँसा मात्रै बढ्ने हो लाखौंलाख घर उजाडिन्छन । ब्यालेट सहि बिकल्प हो शान्तिपूर्ण । दुईतिहाई बहुमत हिन्दुराज्यको एजेन्डा बोकेका पार्टीलाई मतदान गरौँ । संबिधान संशोधन गरेर हिन्दुराज्य कायम गरौँ । साँप पनि मर्छ लाठी पनि भाँचिदैन । कित जनमत संग्रह हो । त्यो पनि हिन्दुराज्य चाहनेहरुलाई के लाग्छ पार्टीको हुइप उलङघन गर्छन होला कांग्रेस कम्युनिस्ट बनेकाहरु?
८०% हिन्दु छौँ ९०% ॐकार परिवार छौँ भन्ने भोट दिनेबेला कांग्रेस कम्युनिस्टलाई दिने खोज्न्ने हिन्दु राष्ट्र।

 यदि हिन्दु राष्ट्र चाहने भए हिन्दु राष्ट्रको एजेण्डा बोकेका पार्टिहरुलाई मतदान गर्नु पर्छ होलानि । हिन्दुराज्यको राग अलाप्नु पनि नछाड्ने ओलि,देउवा,प्रचण्डहरुको उर्दीको तामिल गर्नु पनि नछाड्ने । सन्जालमा चिच्याएर मात्रै हिन्दुराज्य हुन्छ ?चढ्नु छ सगरमाथा मुख छ चारकोसे झाडितिर पुगिन्छ त चुचुरोमा?

प्रतिक्रिया दिनुहोस्