यसपालीको दरखाने दिन र मेरो जिवनको एक घटना ,एपेन्डीसाइटिसले दिने दुखाइ भोग्नुको पिडा : भट्टराई

| २०८० असोज १० गते १७: ११ मा प्रकाशित

गोपालप्रसाद भट्टराई 
असौज-१०,अर्घाखाँची ।
२०८० साल भाद्र-३१ गते सधैजसो बिहान उठिउरी नित्यकर्म पछी ७ बजेको समाचार वाचनको निम्ति ६:१५ तिर रेडियोभित्र छिरे ! समाचारको तयारी गर्दै गर्दा पेटमा हल्का असहजता ( नाउटाबाट दुख्न सुरु भै दायाँ साइड हुँदै  सर्कलमा पुरै पेटमा दुखाइ ) भैराथ्यो ! मैले सोचे खानपानको गढबढिले ग्यास्टिक वा अन्य दुखाइ होला समाचार वाचनपछी केही औषधि खानुपर्ला ! यस्तै सोच्दै दुखाइलाई सहदै बिहान ७ बजेको अर्घाखाँची हालचाल पढे ! 

समाचारपछी खाना पकाउने कोठामा गए अनि श्रीमती सपनालाई दुखाइको बारेमा जानकारी गराए सपनाले दुधमा मह र बेसार राखेर एक गिलास दिइन मैले त्यो पिए ! तर मेरो पेटमा दुखाइको सर्कल चलिरहेको थियो ! यत्तिकैमा स्थानीय सामाजिक अगुवा शिव पोख्रेल आउनुभो केहीछिन गन्थन गरिम र हामी दुवै जना मेरो सहकर्मी आत्मीय साथी शालिकबाबुकोमा गैम ! त्यहाँबाट  स्थानीय बौद्धिक व्यक्तित्व रामचन्द्र पोख्रेलकोमा तिनैजना गैम विविध बिषय ( स्कुल,पानी,समुदाय आदि ) मा छलफल भैराथ्यो ! यत्तिकैमा मेरो पेट दुखाइको पारो ह्वात्तै बढ्यो म टिमबाट बिदा मागेर रेडियोमा आए सपनालाई पेट धेरै नै दुखेको जानकारी गराए ! सपनाले अस्पताल गैहालम ट्याक्सीलाई फोन गर्नुस भनिन ! 

मैले तिलक दाइ (मेरो तेस्रो अभिभावक ) संग एकपटक सल्लाह गरौं र जाउला भनी फोन लगाए र वृतान्त सुनाए त्यसपछि उहाँको सल्लाह अनुसार एउटा पान्टोपराजोल खाए ! तर  दुखाइको गति रोकिएन १५ मिनेटपछी फेरि दाइलाई फोन गरे उहाँले केही खाएर एउटा मेट्रो खानु र अस्पताल जानू भन्नुभो मैले खाना खान सकिन यत्तिकै मेट्रो खाए ! मैले खाना नखाएपछी दरखाने दिन समेत सपना भोकै बस्नुपर्‍यो ! अनि अस्पताल जानलाई केहि ( ५/६ वटा ) ट्याक्सीवालालाई सम्पर्क गरे ! तर सबै सन्धिखर्क बाहिर भएको प्रतिक्रिया आयो ! त्यसपछि म छट्पटीमै थिए आत्मीय साथी हरी प्रसाद भुसाललाई फोन गरे उठेन यत्तिकैमा सहकर्मी तथा आत्मीय साथी नवीन के.सी.को फोन आयो ! उहाँले फोनमा भन्नुभयो दर खान परो योजना बनाम हजुरको फोन न आएर तिज खल्लो होला जस्तो भो ! मैले जवाफ फर्काए तिज मनाम्ला पहिला बचाउन परो ! लगत्तै प्रतिप्रश्न आयो के भओ र ? मैले मेरो वृतान्त सुनाए त्यसमा हरीको फोन न उठेको समेत सुनाए ! 

हरी र नवीन संगै भएको जानकारी मिल्यो र उहाहरुको सल्लाह बमोजिम हरि मलाई लिन भलायडाडा आउनुभो ! र हामी ( हरी,म,नविन,शालिक) अस्पताल गैम जिल्ला अस्पताल अर्घाखाँचीमा गएर वृतान्त सुनाएपछी ( मेरा आत्मीय साथीहरु अशोक चौहान,कृष्ण मुखिया लगायतले पेन किलर औषधि दिने तयारी गर्दै हुनुहुन्थ्यो भने हरी र नविनले डाक्टर खोज्दै,नाम दर्ता गराउदै हुनुहुन्थ्यो ! त्यसैबेला मेरो पेट दुखाइको रफ्तारले सिमा नाघ्यो ! म मरणासन्न भए तोरीका फुल देखे, ओरीपोरीको बाताबरण मेरो लागि दिउसै अँध्यारो भो ! केहिबेरमा स्वास्थ्यकर्मी साथीहरुले पेनकिलर औषधि  दिनु भो र दुखाइ बिस्तारै मैले सहन सक्ने स्थितिमा आयो ! त्यसपछि डाक्टर अशोक शाहले मेरो पेटको भिडियो एक्सरे गर्नु भो र भन्नू भो मृगौलामा ५.४ एमएमको पथ्थरी छ ! एपेन्डीसाइटिस पनि हुन सक्छ आजको दिन एण्टिबायोटिक खाएर बसौ ! कहिलेकाहीँ एण्टिबायोटिकले पनि एपेन्डिसाइटिसलाई सुकाउछ जसले गर्दा पेट चिर्नु पर्दैन ! 

उहाँको सल्लाहलाई म र मेरो समूहले समर्थन गर्यौ ! यतिगर्दा दिनको २ बजिसकेको थियो । त्यसपछि मलाई अस्पताल पुर्याउने साथीहरुले भन्न थाल्नुभोकी पथ्थरी त्योपनी ५.४ को यो त पानी प्रशष्त ( गहतको दाल,वियर आदि ) खाएपछि आफै झर्छ चिन्ता लिनु परेन ! यस्तै गन्थन गर्दै हामी केही ल्याब टेस्ट लिने डाक्टर अशोकको सल्लाह अनुसार रगत र पिसाब जाचको लागि अस्पताल ल्याबमा गैम अनि त्यहिबाट क्याण्टिनमा गैम र साथीहरुको सल्लाह बमोजिम मैले भात खाए अनि साथीहरूले चिया/नास्ता ! क्याण्टिनबाट निस्किएपछी हामी अस्पताल परिसरमै घुमफिर र रेष्ट गर्यौ ताकी त्यसले मेरो पिडालाई कम गरोस् ! त्यसबिचमा डा.जगन्नाथ तिवारी संगपनी भेट भो र मैले उहाँलाई मेरो समस्याको वृतान्त सुनाए ! अनि डाक्टर तिवारीले पनि चिन्ता नगर्नु ठिक हुन्छ हामी छौ नि भन्दै डाक्टर अशोकको उक्तिलाई समर्थन गर्नुभो र त्यसदिन भाद्र ३१ गते अस्पतालमै बस्ने सल्लाह दिनुभो ! र म अनि हाम्रो टिम ( हरी,शालिक र सन्देश ) अस्पतालमै बस्यौं ! मुखबाट पानी समेत नपिउने नियमको पालना गर्दै अस्पतालको बेडमा दुखाइलाई साथी बनाएर सुतेको म र मलाई नियालेर बसेका साथीहरुको रात न्यास्रोमै बित्यो !

अर्को दिन अर्थात २०८० असौज ०१ गते हरितालिका तिजको दिन  बिहान ८:३० मा डाक्टर जगन्नाथ तिवारी राउन्ड भिजिट गर्दै म भएको वार्ड (बेड) मा आउनुभयो र सोध्नु भो गोपाल जी कस्तो छ तपाईंलाई ? मैले भने डक्टर हिजो साझबाट मलाई ज्वरो पनि आयो, दाहिने पेट केन्द्रित भएपनी राउन्डमा दुखेको मेरो पेट रातिदेखि दाहिने साइडमात्रै केन्द्रित छ सर , गाह्रो भैराछ ! मैले यति सुनाएपछी डाक्टर तिवारीले मेरो पेटको दायाँ साइडमा दबाउदै छोड्दै गरि परिक्षण गर्नुभो र भन्नू भो मेरो विचारमा तपाईंको यो सिङटम हेर्दा ९९% एपेण्डिसाइटिस हो , तपाईं बुटवल जाने तयारी गर्नुस् म रिफर कागज बन्दिन्छु ! यत्तिकैमा म संगै रहनुभएका मेरा मित्र हरिप्रसाद भुसालले भन्नुभो डाक्टरसाब एउटा भिडियो एक्सरे पनि हेर्ने कि ? उहाँको प्रश्नमा म र मेरो टिमलेपनी हो मा हो मिलाइम अनि डाक्टर तिवारीको जवाफ आयो हुन्छ भैहाल्छ नी मैले राउन्ड सकाउछु र हेरौं ला ! हामीले हस भनियो ! ९ बजेतिर डाक्टर तिवारीले मेरो पेटको भिडियो एक्सरे गर्नुभो र नतिजा सुनाउनुभो एपेण्डिसाइटिस कन्फर्म हो ७ एम.एम.को छ ! त्यो भिडियो एक्सरेमा हिजो देखिएको ५.४ एम.एम.को पत्थरी भने देखिएन ! अनि डाक्टर तिवारीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको लागि रिफर लेटर सहित फाइल तयार गरिदिनुभयो र हामी बुटवलको लागि हिडियो ! हामी जिल्ला अस्पतालबाट हिड्दा १०:३० को सेरोफेरो थियो । अगाडि बढ्दै गर्दा सालझण्डी जङ्गल एरियामा पुगेका थियौं !

 मलाई अचानक पेटको दु:खाइ संगै अर्को बिपत्ति आइलाग्यो पेनिस र त्यसको वरिपरि कचक्कै थिचेजस्तो असीमित दुख्ने र पोल्ने भयो म फेरि मरणासन्न भए ! अनि गाडी रोक्न लगाएर मैले साथीहरू (शालिक र भोजुको) सहायतामा बाहिर आएर पिसाब फेर्ने कोशिश गरे तर पिसाब खुलेन , पिडा उस्तै छ अनि गाडीमा बसेर बुटवलतर्फै यात्रा अगाडि बढ्यो ! ३:३० बजेको सेरोफेरोमा प्रादेशिक अस्पताल बुटवल पुगियो ! त्यहाँ पुगेको केही छिनमै आदरणीय दाजु राम कुमार क्षेत्री र श्यमलाल पोख्रेल मलाई रिसिभ गर्न पुग्नु भो , यहाँबाट आदरणीय दाजु अशोक खनालको सहजीकरण र पत्रकार रुद्रहरीजिको समन्वयमा डाक्टर इन्द्र राई र डाक्टर हरी पन्थी सम्पर्कमा आउनुभो र मलाई इमर्जेन्सी वार्डमा लगेर सुताउनुभो , पेनकिलर तथा अन्य प्रारम्भिक औषधि नशाको माध्यमबाट दिन थाल्नु भो ! मेरो छट्पटी चलेकै छ , शालिकबाबु, दाजु राम कुमार र श्यामलाल संग डाक्टर राइले भन्नुभो अर्घाखाँचीको रिपोर्टले पेट चिर्न त अलि मिलेन कि के भन्नुहुन्छ ? अनि मेरो टिमले भन्यो हैन कन्फर्म त तपाईंहरुलेपनी गर्नु पर्यो ! त्यसपछि मेरो ल्याब परिक्षणको प्रक्रिया अगाडि बढ्यो !

 त्यतिबेला सम्म मेरो तेस्रो अभिभावक आदरणीय दाजु तिलक र मामा रमेश के.सी.पनि पुगिसक्नुभएको थियो । उहाँहरू सबैको सक्रियतामा ल्याब परिक्षण , रिपोर्ट कलेकशनका काम भए अब बाकी रह्यो भिडियो एक्सरे गर्न तर भिडियो एक्सरे गर्ने डाक्टर तिज बिदामा रहेको बुझियो ! मेरो टिमबाट पहल भएपछि साझ ६ बजेतिर डाक्टर आउनुभो र मेरो भिडियो एक्सरे गर्नुभो , भिडियो एक्सरे गर्दा उहाँले मेरो पेटको दाहिने साइड यति दबाउनुभोकी म एकपटक फेरि त्यहीँ मुर्छा परे ! मलाई लाग्यो मेरो पेटको एपेण्डिसाइटिस त्यही फुट्यो ! अनि त्यहाँबाट फर्किएर पुरानै ठाउँ इमर्जेन्सी वार्डमा आएर पेनकिलर र सलाइन पानी दिन सुरु भो ! राति ८ बजेतिर मेरो टिमलाई डाक्टर इन्द्र राई र उहाको टिमले काउन्टरमा बोलाएर भन्नुभो कि यो चिरेरै फाल्नुपर्छ त्यसैले सर्जिकल वार्डमा लगेर भर्ना गर्नु ! डाक्टरको सुझावलाई मेरो टिमले सहर्ष स्विकार्दै सर्जिकल वार्डमा गैयो ! मेरो निम्ति १२ नम्बरको बेड मिल्यो म लिफ्ट मार्फत त्यहाँ पुगे र सुते ! त्यहाँ सबै प्रक्रिया पूरा भएपछि मेरो दुखाइलाई कम गर्ने औषधि सहित स्लाइन दिन सुरु भयो ! 

त्यो साझ,रात र २०८० असौज २ गते बिहान निरन्तर यस्तै रफ्तार चलिरहयो ! असौज २ गते बिहान १०:३० बजेतिर डाक्टरहरु राउन्ड भिजिटमा आउनुभयो , बेड १ देखी बिरामी भेट्दै उहाँहरु अगाडि बढ्दै हुनुहुन्थ्यो , म १२ नम्बर बेडमा दुखाइ र आइभी सेटको तारबाट मेरो नशामा छिरिरहेको स्लाइनको थोपासंग सहयात्रा गरिएको थिए , डाक्टरहरुको टिम ७/८ नम्बरको बेडतिर हुनुहुन्थ्यो होला अचानक मेरो पेटको दुखाइमा पिडा थपियो मैले सहन सकिन र म मुर्छा परे ! डाक्टरहरुको टिम दौड्दै म भएको बेडमा आउनुभो र दादा तिलक र मेरो टिमसंग हिस्ट्री सोध्नुभयो ( दुखाइ कहिलेबाट सुरु भएको ? यहाँ कहिले ल्याएको ? रिपोर्टमा के छ ? यस्तै यस्तै ) त्यसपछि डाक्टरले नर्सहरुलाई भन्नुभयो उहाँलाई तुरुन्तै ओ.टी.मा पठाउनुस ! अनि नर्स र मेरो टिम मलाई ओ.टि.मा लैजाने तयारीमा जुट्यो अनि १२ बजेतिर मलाई ओ.टी. मा लगियो र चिरफारको तयारी भो !

 डाक्टर बिर्खराज जोशी सहितको टोलीले मेरो एपेण्डिसाइटिस फाल्ने प्रक्रिया अगाडि बढाउनुभो,मलाई अप्रेसन बेडमा सुताएर काम थालेपछि डाक्टर जोशीले मलाई सान्त्वना दिदै भन्नुभयो तपाईंको एपेण्डिक्स नफुटेको भए ३० देखि ४५ मिनेटमा काम सकिन्छ , यदि फुटेको भए १ देखि डेढ घण्टा पनि लाग्न सक्छ ! न आत्तिनुहोला ठाउँमा हुनुहुन्छ चिन्ता लिनुपर्दैन ! मैले हस् भने ! चिरफार अगाडि बढ्दै थियोे डाक्टर जोशीले फेरि भन्नुभयो तपाईंको फुटिसकेको रहेछ ,इन्फेक्सन फैलिसकेको रहेछ ! मैले भने अब के हुन्छ डक्टर ? डाक्टर जोशीले भन्नुभो तपाईं चिन्ता नलिनु केही हुँदैन !  डेढ घण्टाको समय लगाएर १:३० बजे मेरो चिरफार सकाएर पेटको दायाँ साइडमा ड्रेन ब्याग ( एपेण्डिक्स फुटेर भएको इन्फेक्सनका कारण पेटमा तयार हुने रयन फाल्नको लागि ) झुण्डाएर मलाई वार्डमा पठाउनुभयो । म बाहिर आउँदा मेरो स्वागतका लागि मेरा  आफन्त,साथी,शुभचिन्तकको ठुलै हुल थियो ! त्यसपछि अप्रेसन पश्चात गरिने उपचार पद्धति पनि सुरु भो ! असौज ३ गते बिहान मलाई ओ.टी. वार्डबाट सर्जिकल वार्डको १३ नम्बर बेडमा लगियो ! उपचार चलिरहेको थियो , नर्सहरुको राम्रो भुमिका थियो ! डाक्टर राउन्डमा आउँदा भने गाउँमा मन्त्री आएजस्तै लाग्थ्यो , ताकि मैले दर्शन गर्न पाउछु कि पाउदैन ? किनकि डाक्टर निकै हतारमा हुनुहुन्थ्यो ३० जना बिरामीलाई बढिमा २० मिनेट को समय उहाहरुसङ्ग हुन्थ्यो ! मेरो ड्रेन ब्यागमा ३ गतेदेखी ७ गतेसम्म क्रमशः ६०/५०/४०/३० र २५ लएम.एल. रयन कलेक्सन हुन्थ्यो ! असौज ७ गते बिहान ११ बजे मेरो अप्रेसन गरेकै डाक्टर जोशी राउन्डमा आउनुभयो र मअ अनि मेरो टिमलाई सोध्नुभयो कस्तो छ बिरामीलाई ? हामीले भन्यौं अरु त ठिक छ डाक्टर ड्रेन बग्न छोडेन ! ड्रेन बग्नु त राम्रो हो चिन्ता लिनुपर्दैन ब्याग फुकालेर ड्रेसिङ्ग गर्ने अनि घरमा जाने ल !

 उहाँको आग्रहलाई स्विकार्दै हामी घर फर्किने तयारीमा जुट्यौ ! र सबैसँग बिदाईको हात हल्लाउँदै ६ घण्टाको समय लगाएर हामी अर्घाखाँची आइयो ! अहिले मेरो होम बेड रेस्ट चलिरहेको छ ! साथी , आफन्त , शुभचिन्तकको चिन्ता,चासो,र सहानुभूतिको लागि भेटघाट,फोन तथा सामाजिक संजालमा सम्पर्क गरिरहनुभएको छ ! एक दिन बिराएर ड्र्सिङ्ग गर्नुपर्ने , घाउ नर्मल भएर सुक्दै गएमा असौज १४ या १५ गते टाका फुकाउने डाक्टरको सुझाव थियो ! तर असौज ९ गते अर्घाखाँची आएर ड्रेसिङ्ग गर्दा टाका लाएको ठाउँबाट रयन बग्यो ! र अब आशङ्का छ कि कतै इन्फेक्सन बढेर फेरि दुख पाइने त होइन ? मेरो यो चिन्ता र जिज्ञासालाई मेरो ड्रेसिङ्ग गर्ने डाक्टर अर्जुन चौधरीले भने नकार्दै कुनै चिन्ता लिनुपर्दैन घाउ मअ निको पारिदिन्छु , बरु रयन आउन्जेल दैनिक ड्रेसिङ्ग गरौं ! उहाँको यो उक्तिलाई हामीलेपनी सिरोधार्य गरेका छौं ! आशा छ डाक्टरले भनेजस्तै म अब छिट्टै नर्मल हुनेछु !

• केही जिज्ञासा:

१. मेरो एपेण्डिक्स नफुट्दै अप्रेसन गर्न मैले किन नपाएको हुम्ला ?
२. भदौ ३१ गते भिडियो एक्सरेमा देखिएको ५.४ एम.एम.को पत्थरी अहिले कता होला ?
३. यो अवस्थामा आम आफन्त,साथीभाइ र शुभचिन्तक तथा समर्थकले मेरो चिन्ता,चासो,सहयोग,हौसला र सहानुभुती दिदा मैले निकै नजिक ठानेका रगतको नाता जोडीएका तथा अन्य साथी र शुभचिन्तकको असम्पर्क किन भयो होला ?
४. स्वास्थ जस्तो संवेदनशिल क्षेत्रको गुणस्तरीय सेवा सबैको पहुँचमा सहज कहिले हुने होला ? (म जस्तो पैसा नहुनेहरुको लागि समेत )

• हार्दिक धन्यवाद तथा आभार:

यो घटनाले मलाई र मेरो परिवार तथा आफन्तलाई दिएको पीडामा मलम लगाउने,हौसला दिने , ब्याक सपोट गर्ने मेरो राजनीतिक,सन्चार/ पत्रकारिता,सामाजिक तथा राष्ट्रसेवक कर्मचारी,शिक्षक एवं जनप्रतिनिधि ज-जसले भुमिका खेल्नुभो जसलाई मैले मनमुटुमा सजाएको छु ! सबैप्रती हार्दिक आभार तथा धन्यवाद एवं रिणि रहेको सन्देश व्यक्त गर्दछु ! आउनेदिनमा पनि दोहोरो साथ सहयोगको अपेक्षा तथा वचन सहित यो भावनात्मक लेखलाई यहि बिट मारे धन्यवाद !

प्रतिक्रिया दिनुहोस्