"स्वाभिमान बोकेको मान्छे"

| २०८० फागुन १२ गते १८: २८ मा प्रकाशित

खिमराज चालीसे 
चंडिगढ 

जागिर नपाएर देश मै दुःख भोगेको मान्छे हुँ, 
तर पनि दासता बिरुद्ध लडिरहने मान्छे हुँ ।

ठुला मान्छेको पाउ पर्ने सँस्कार बिरोधी मान्छे हुँ, 
लम्पसारवादी सोच विरुद्ध उभिने मान्छे हुँ ।

योग्यता अपमान भइरहने  देशको मान्छे हुँ,
झोले र चाप्लुस भरिएको देशको मान्छे हु ।

एसएलसी प्रथम भै प्रदेश पसेको मान्छे हुँ ,
सिफारिस नभाको हेपिएको पिल्सिएको मान्छे हुँ ।

योग्यता रद्धिमा फाल्दिने ध्रुत व्यवस्थाको मान्छे हुँ,
पाउ पर्नेला राम्रै ठाउ पुराउने देशको मान्छे हुँ ।

कतै सिफारिस न गर्ने स्वाभिमान राख्ने मान्छे हुँ,
आफनै क्षमतामा विश्वास गर्ने स्वाभिमानी मान्छे हु ।

स्वाभिमान बचाउँदै म प्रदेश पसेको मान्छे हुँ, 
चौतर्फी त्यो अपहेलना सहँदै आएको मान्छे हुँ।।
 
चाप्लुस, चाकडी गर्न कहिल्यै नजानेको मान्छे हुँ,
त्यसैले जागिर नपाएर प्रदेश पसेको मान्छे हुँ ।

योग्यता हुँदाहुँदै देशमा श्रम नपाएको मान्छे हुँ ,
आसेपासे हुर्काउने कुसंस्कारमा जन्मेको मान्छे हुँ ।

प्रतिक्रिया दिनुहोस्