सफलताको कथा : कडा परिश्रमका गुरु बिमल

| २०८० चैत १ गते २२: ३८ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।मालारानी गाउँपालिका -५ बाँगी निवासी बिमल कुँवर दृढ इच्छा शक्ति कडा परिश्रमले गाउँमा प्रसंशाका पात्र बनेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले लिइएको लिखित परीक्षामा रेडियोलोजीमा नाम निकालेका हुन। 

स्वर्गीय पिता जीव ब. कुँवर आमा देवि कुँवरको कोखबाट जन्मिएका २४ वर्षीय कुँवर सानैदेखि पढाईमा रुचि राख्थे आफ्नो पढाई सगै गाउँका साना भाइ बहिनीहरु लाई जम्मा गरि टुसन क्लास लिने गर्थे । लक्ष्य प्राप्तको लागि दृढ इच्छा शक्ति कडा परिश्रममा फल लागेको छ । उनको बाल्यकाल कष्टकर बित्यो । गाउँलेहरु उनको आनीबानीको निकै कदर गर्थे र प्रसंशा पनि उत्तिकै गर्ने गर्थे ।

घरको आर्थिक अवस्था कम्जोर भएपनि कहिले बिचलित भएनन् । उनले पढाई मात्र होइन मेलापातमा आमालाई मन लगाएर सगाउन्थे । कतिपयले उनको मेहनत देखेर मुक्तकन्ड ले प्रसंशा गर्ने गर्थे । हेर्दै माया लाग्ने चनचले बानीका थिए ।

जनतन भारतको ब्याङलोरमा आफ्नो पढाई सकाएर नेपालमा सेवा गर्ने उनको सपना पूरा भएको छ । ब्याङलोरमै १ लाखको जागिर पाउँदा त्यो अफर उनले मानेनन् । नेपालमा केही गर्नुपर्छ भन्ने गर्छन्।  

अझै आफूलाई पढाईको धित नमरेको कुँवर बताउँछन् । काम गर्नका लागि इच्छाशक्ति भएमा जस्तो काम पनि गर्न सकिने उनी बताउँछन् । जीविकोपार्जनका लागि केही न केही दुःख त गर्नु नै पर्छ तर साहास र आँट भयो भने जीवन जिउन गाह्रो नभएको उनले बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्