काङ्ग्रेस अर्घाखाँचीको आयोजनामा छत्रदेवमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न, एमाले र जनमोर्चा परित्याग गरि ७ घरपरिवार काङ्ग्रेस प्रवेश

| २०७८ फागुन १० गते २०: ३२ मा प्रकाशित

अर्घाखाँची । नेपाली काङ्ग्रेस अर्घाखाँचीको आयोजनामा छत्रदेव गाउपालिकामा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस अर्घाखाँचीले संचालन गरेको गाउँ नगर टोल वस्ती जाऔ, बैशाख ३० गते नेपाली काङ्ग्रेसलाई जिताऔ भन्ने अभियान अन्तर्गत छत्रदेवका ७ र ८ वडालाई लक्षित गरि अन्तरक्रिया तथा छलफल कार्यक्रम अर्घातोसको कुटिकाचौरमा सम्पन्न भएको हो । 

अन्तरक्रिया कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनालको संयोजकत्वमा सम्पन्न भएको हो । उहाँले सम्बोधन गर्दै अब विगतका तिता कुरालाई भुलेर एक मन बनाएर अगाडि बढ्न निर्देशन दिनुभयो । 
कार्यक्रममा काङ्ग्रेसलाई मजबुत र आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारीलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा वृहत अन्तरक्रिया तथा छलफल भएको थियो । 

कार्यक्रममा बोल्ने वक्ताहरुले देशले काङ्ग्रेसलाई खोजेकाले अब काङ्ग्रेसबिना देशको विकास सम्भव नभएकाले गाउँवस्तीमा बस्ने समस्त नागरिकको बिचमा गएर उनिहरुको दु:ख सुखमा साथ दिनुपर्ने धारणा राखेका थिए । उनिहरुले अब काङ्ग्रेसलाई मजबुत र विजयी बनाउनका लागि एकजुट भएर लाग्नु पर्ने बताए। 

कार्यक्रममा जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ, राधा पान्डे, यमराज पान्डे, क्षेत्रीय सभापती राजेश कुमार पन्थी, पालिका सभापती प्रकाशराज पन्थी, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सिदेवी श्रेष्ठ, पुर्व क्षेत्रीय उपसभापती कृष्ण प्रसाद बेल्बासे, ७ का सभापती फर्सुराम न्यौपाने, ८ का सभापती छबिलाल कुवर, प्रदेश प्रतिनिधि हुमकला भुसाल, क्षेत्रीय प्रतिनिधि राधा पान्डे, सन्जय पान्डे लगायतले आआफ्ना धारणा व्यक्त गरेका थिए । यसैबिच सोही कार्यक्रममा राष्ट्रिय जनमोर्चाका एक घरपरिवार र नेकपा एमालेका ६ घरपरिवार परित्याग गरि काङ्ग्रेसमा प्रवेस गरेका छन् । उनिहरुलाई पार्टी सचिव कृष्ण प्रसाद खनालले अविर र सदस्यता वितरण गरि काङ्ग्रेसमा प्रवेस गराउनु भएको हो । 

कार्यक्रम वडा नम्वर ७ का सचिव मान बहादुर पान्डेको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्