अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा छत्रदेव २ बल्काेट पाैवामा कुर्सी दाैड, गित तथा नृत्य प्रतियाेगीता सम्पन्न

| २०७८ फागुन २४ गते १९: ३२ मा प्रकाशित

कमला पाेख्रेल, सन्धिखर्क।
२४ फागुन -अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा छत्रदेव २ बल्काेट पाैवामा कुर्सी दाैड, गित तथा नृत्य प्रतियाेगीता सम्पन्न भएको छ । 

कार्यक्रमकाे उद्घाटन छत्रदेव गाउँपालिकाका उपाध्यक्ष  तुलसादेवी श्रेष्ठले गर्नु भएको थियोे । उद्घाटन समारोहमा मन्तब्य राख्दै उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले महिला हक र अधिकार सुनिश्चित गर्न र समतामूलक समाज निर्माण गर्न सबैको ध्यान जानु पर्ने बताउनुभयो । 

कार्यक्रममा वडा अध्यक्ष राजेश पन्थि, महिला नेतृ लक्ष्मी पाैडेल, निमा खनाल , हसरदिन मिया , वडा सचिव भास्कर अाचार्य लगायतले मन्तब्य राख्नु भएको थियोे । 

कुर्सी दाैड तथा गित  नृत्य प्रतियाेगीतामा प्रथम , द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियोे । कार्यक्रम कार्यपालिका सदस्य  कमला अधिकारीकाे अध्यक्षता , सदस्य सुन्धरा परियारकाे स्वागत  र  सुस्मिता पा‌डेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्