५ दलिय गठबन्धन तासको घर जस्तै हो : टोपबहादुर रायमाझी

| २०७८ चैत २० गते १६: ०० मा प्रकाशित

शोभाखर पन्थी,अर्घाखाँची।नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले ५ दलिय गठबन्धन तासको घर भएको बताउनुभएको छ । 

नेकपा एमाले छत्रदेव वडा नं.-८ कमिटी द्वारा आयोजित पार्टी प्रवेश एवं पार्टी कार्यालय उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै उहाँले सत्ताधारी गठबन्धन राजनीतिक बिसर्जनको उपज भएको बताउनुभयो । रायमाझीले चुनाव नहुँदै गठबन्धन भताभुङ्ग हुने समेत  धारणा राख्नु भयो ।नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमालेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले देशमा रहेका सबै दलहरू मिलेर आए पनि नेकपा एमाले एक्लै भिड्न तयार रहेको बताउनु भयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले ५ दलिय गठबन्धन बिकास बिरोधिहरुको झुन्ड भएको बताउनुभयो । उहाँले सत्ताधारी गठबन्धनले जिल्लाको बिकास बजेट कटौती गरेको भन्दै जनताले कार्वाही गर्ने चेतावनी दिनुभयो ।

नेकपा एमाले छत्रदेव वडा नं.-८ कमिटीका अध्यक्ष भीष्म कुवरको अध्यक्षता र गणेश पौडेलको संचालनमा  सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य प्रकाश ज्ञवाली ,छत्रदेव पालिका कमिटीका सह-ईन्चार्ज माधव पन्थी ,छत्रदेव पालिका कमिटीका अध्यक्ष रामजी पाण्डे ,जिल्ला कमिटीका सदस्यहरु कृष्णप्रसाद फुल्लेल,भोजराज पाण्डे ,चेतन बि.क.मनि पन्थी ,रुपा प्रधान ,जिल्ला सल्लाहकार नेत्रलाल पाण्डे ,मेहरसिंह कुवर ,युवा संघका केन्द्रीय सदस्य सुनिल सेन ओली लगायतले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता भिमलाल बस्याल लगायत १८ घर परिवार नेपाली कांग्रेस समर्थक व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्