एमाले नेता टोपबहादुरले बाँड्न लगेको पाइप निर्वाचन कार्यालयले गर्‍यो जफत

| २०७९ कार्तिक १६ गते १४: १९ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। प्रतिनिधि सभाका उम्मेदवार टोप बहादुर रायमाझीको निर्देशनमा अर्घाखाँचीमा बाँड्न लगिएको खानेपानीको पाइप जफत गरिएको छ ।

सोमबार राती रायमाझीको निर्देशनमा बाँड्न लगिएको ८ सय मिटर पाइप छत्रदेव गाउँपालिका वडा नम्बर–६ चौबाहबाट जफत गरेको हो ।

हाल उक्त पाइपलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने उदेश्यले बाँड्न लगिएको उक्त पाइप मुख्य निर्वाचन अधिकृत र प्रहरीको गस्ती टोलीले फेला पारेको हो ।

टोलीलाई देखेपछि उक्त पाइप लोड गरिएको गाडी छोडर चालक फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्