छत्रदेव गाउँपालिकामा एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न

| २०७९ पौष २२ गते २१: ०१ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकामा एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति अर्घाखाँचीले आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय तह वित्तीय सुशासन, जोखिम मुल्यांकन सम्बन्धि प्रशिक्षण दिइएको हो।

स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि १ दिने अनुशिक्षण कार्यक्रम गरिएको जनाइएको छ । उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकका रुपमा हरिप्रसाद शर्मा र विनोद कुवर रहेका थिए।

 छत्रदेव गाउँपालिकामा एकदिने अनुशिक्षण कार्यक्रम

चन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्त र ८ नं वडाका अध्यक्षको विशेष आतिथ्यता रहेको थियोे । कार्यक्रम बिनोद कुवरकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्