अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आजबाट सुरु

| २०७९ चैत १ गते २०: ०० मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ ।

खेलको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाले जिल्लामा पहिलो पटक सुविधा सम्पन्न खेल क्षेत्रको विकासको लागि छत्रदेव गाउँपालिकाले रगंशालासहितको खेल मैदान निर्माण गरेकोमा धन्यवाद दिँदै हरेक पालिकाले खेल मैदान निर्माण गर्न आग्रह गर्नुभयो । यस्तै क्रिकेट क्षेत्रको विकाससंगै खेलाडी उत्पादन र उनीहरुको भविश्यको बारेमा छिटै जिल्ला स्तरीय योजना बनाएर लाग्ने बताउनुभयो ।

गाउँपालिकाको रातापोखरामा रगंशालामा भएको प्रतियोगितामा जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधित्व जनाएका छन। प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार रुपैयाँ, दोस्रोलाई १ लाख २० हजार र तृतियलाई ८० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो ।

खेल क्षेत्रको विकास गर्नको लागि गाउँपालिकाले पहिलो पटक अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो

प्रमुख जिल्ला अधिकारी मिना अर्यालले पछिल्लो समय ४ भन्दा बढी जिल्लाबाट राष्ट्रिय खेलाडी उत्पादन भएको बताउनुभयो । पहिलो खेल छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकाबीच सुरु भएको छ ।

२०७५ साल बाट सुरु गरेको खेल मैदानमा ३ करोड ५० लाख लागतमा निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले बताउनुभयो । यस्तै खेल मैदान लाई थप व्यवस्थीत बनाउने योजनाका साथ गाउँपालिका लागेको बताउनुभयो ।

कार्यक्रममा भुमिकास्थान नगरपालिका प्रमुख झविलाल थापा, मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई लगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्