छत्रदेवका किसानले उत्पादन गरेको सम्पुर्ण तरकारी बुटवल सम्मको ढुवानी नि:शुल्क गरिने: ३ वटा गाडीद्वारा ढुवानी गरिने

| २०७९ चैत १३ गते १५: १२ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। छत्रदेव गाउँपालिकाले किसानले उत्पादन गरेको सम्पुर्ण तरकारीको यही बैशाख देखि बजारीकरणको सुनिश्चितता सहित हप्ताको ३ वटा गाडिद्वारा फरक फरक रुटबाट बुटवल सम्मको ढुवानी पुर्णतः निशुल्क गर्ने भएको छ। 

यो सङ्गै अब छत्रदेवबासीले उत्पादन गरेको गुन्द्रुक, तितौरा, चुक, तरकारीजन्य बस्तुको बुटवल सम्म निशुल्क ढुवानी सहित बजारिकरणको सुनिश्चितता हुनेछ। अब यसैगरी गुणस्तरीय शिक्षा र स्वास्थ्यको लागि पनि गाउँपालिका अगाडी बढ्नेछ । 

यो निर्णयको लागि गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ  ज्यु, उपाध्यक्ष सुश्री मनि पन्थी  र प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थी  बाट निर्णय  गरि संचालन मा आउने जानकारी  भएको हो!!!

 गाउँपालिकाले अब बेसारको बजार सुनिश्चितता गर्नको लागि छिट्टै बेसार प्लान्ट ल्याउने समेत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्