चौवाह सामुदायिक स्वास्थ्य इकाई छत्रदेवको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रम सम्पन्न

| २०७९ चैत १५ गते २२: ०० मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। चौवाह सामुदायिक स्वास्थ्य इकाईको नवनिर्मित भवनको समुद्घाटन साथै भवन निर्माणका लागि नि: शुल्क जग्गादान गर्नुहुने जग्गादाताहरुको सम्मान कार्यक्रम आज सम्पन्न गरिएको छ । 

गत वर्ष देखी छत्रदेव गाउँपालिकाको प्रत्यक्ष लगानीमा सन्चालन हुँदै आईरहेको  यस इकाईको नवनिर्मित भवनको छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको हातबाट समुद्घाटन गरिएको छ । 

उक्त भवन निर्माणका लागी करिब २ रोपनी ४ आना जग्गा नि:शुल्क प्रदान (दान) छत्रदेव गाउँपालिका वडा नं. ६ चौवा निवासी समाजसेवी ब्याक्तित्व श्री रविलाल पौडेल र छत्रदेव गाउँपालिका वडा नं. ७ निवासी समाजसेवी ब्याक्तित्व श्री प्रेम प्रसाद पन्थी जसले उक्त भवन निर्माणका लागि करिब ४ आना बराबरको जग्गा दान गर्नु भएको थियो।

भवन निर्माण का लागि नि:शुल्क जग्गा दन गर्नुहुने दानवीर श्री रविलाल पौडेल र श्री प्रेम प्रसाद पन्थी लाइ चौवाह सामुदायिक स्वास्थ्य इकाईले विशेष धन्यवाद ज्ञापन ब्याक्त गरेको छ।

साथै छत्रदेव गाउँपालिका वडा नं. ६ चौवाह र आसपासका क्षेत्रमा रहने नागरिकहरुको लागि पायकको क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने स्वास्थ्य इकाईको लक्ष्यले पुर्णता पाउँदा अत्यन्तै हर्षित भएको चौवाह सामुदायिक स्वास्थ्य इकाईले बताएको । 

भोलिका दिनमा उक्त संस्थाको स्तरोन्नति गर्दै एउटा सुविधाजनक अस्पताल निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्