सडक दुर्घटनामा परि अर्घाखाँचीका भूपती पाण्डेको मृ'त्यु

| २०७९ चैत १९ गते १७: २१ मा प्रकाशित

सुजन न्यौपाने ,अर्घाखाँची। नेपाल निजामती कर्मचारी युनियनका उद्योग मन्त्रालय बिभागीय अध्यक्ष समेत रहनु भएका अर्घाखाँचीका भूपती पाण्डेको सडक दुर्घटनामा परि मृ'त्यु  भएको छ। 

स्कुटीमा सवार रहेका पाण्डेको आज दिउँसो बल्खु चोकमा ट्रकले ठक्कर एक्कासि दिँदा उपचारको क्रममा वयोदा अस्पतालमा मृ'त्यु भएको हो। स्कुटीलाइ ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको खबर प्राप्त भएको छ। पाण्डे अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ को काहूले निवासी हुन्। 

पाण्डे काठमाण्डौ को व्याट ३५ का शाखाको अधिकृत पदमा कार्यरत रहेका थिए। 

प्रतिक्रिया दिनुहोस्