छत्रदेव गाउँपालिकाको ठूलापोखरामा आयोजित नि:शुल्क आँखा शिविरबाट ५ सयले लिए लाभ

| २०८० जेठ २८ गते २१: ५५ मा प्रकाशित

कमला घिमिरे,पाणिनी । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-६, ठूलापोखरामा आयोजित नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार आयोजना शिविरबाट करिब ५ सय जनाले सेवा प्राप्त गरेको वडाध्यक्ष कमल पौडेलले बताए । 

अर्घाखाँचीमा स्थायी ठेगाना भई हाल रूपन्देहीको बुटवल र आसपासका क्षेत्रमा विभिन्न पेशा, व्यवसाय र कर्म गर्दै आएका व्यक्तिहरूको संस्था अर्घाखाँची ठूलापोखरा सम्पर्क समाज बुटवल रूपन्देहीले शनिबार शिविरको आयोजना गरेको थियो ।  वडाध्यक्ष पौडेलले आँखा शिविरमा सहयोग गर्ने सबैप्रती आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्