बँदेललाई थापेको विद्युतिय पासोमा परि करेन्ट लाग्दा अर्घाखाँचीमा एक जनाको मृ'त्यु

| २०८० असार १८ गते १५: ३० मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नम्बर ३ मथुरामा अस्थायीरूपमा बिगत २ महिना देखि बस्दै आएका गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड नम्बर ३ बस्ने २६ वर्षका बिमल महतको करेन्ट लागेर मृत्यु भएको छ।

हिजो राती करिब १०:४५ बजे अंरिगाल पोलेर फर्किने क्रममा छत्रदेब गाउँपालिका वार्ड नम्बर ३ मथुराका केशब खनालले बंदेललाई थापेको विद्युतिय पासोमा परेर बिमल महतको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्