आगामी भाद्र ६ गते छत्रदेवको ठूलापोखरास्थित वीपी बाल उद्यानमा वृक्षारोपण गरिने

| २०८० भदौ ५ गते १४: ४१ मा प्रकाशित

कमला घिमिरे सन्धिखर्क। अर्घाखाँचीको छत्रदेव गाउँपालिका-६ ठुलापोखरामा रहेको वीपी बाल उद्यानमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरिने भएको छ । नेपाली कांग्रेसको वडा कार्य समितिको आयोजनामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरिने पार्टीका वडासचिव रुपनारायण पाण्डेले जानकारी दिए ।

वडा कार्यसमितिको अनुसार आगामी भाद्र ६ गते बुधबार वीपी बाल उद्यानमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरिनेछ । समितिले उक्त कार्यक्रममा सहभागी भईदिन वडावासी समाजसेवी, आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु साथै पार्टीको विभिन्न भुमिकामा क्रियाशिल सदस्यलाई आग्रह गरेको छ । कार्यक्रम आगामी बुधबार बिहान १० बजे सुरु गरिने वडा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्