पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना संक्रमित निको भए

| २०७८ असार ९ गते ०२: ३७ मा प्रकाशित

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९५४ जना कोरोना संक्रमित निको भएका छन्। 

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ। यो संख्या कुल संक्रमितको ९० दशमलब २ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा देशभर ४  हजार ५२२  जना व्यक्ति कोरोना संक्रमित भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्