नेपालमा थप ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण

| २०७८ माघ १६ गते १६: ३६ मा प्रकाशित

काठमाडौँ, १६ माघ । आज नेपालमा कोरोना भाइरसका ३ हजार ५ सय ४० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ५० हजार ९ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ६ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ५४ हजार ७०७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार १ सय ४५ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो 

प्रतिक्रिया दिनुहोस्