अर्घाखाँचीमा बिकास संगै विनास: सम्बन्धित निकायले कुनै चाँसो दिदैंनन

| २०७८ सावन ८ गते ००: २५ मा प्रकाशित

गुरुदेव खनाल,अर्घाखाँची।अर्घाखाँची जिल्ला आफैमा एक पहाडी जिल्ला भएतापनि बिकासको हिसाबलले हेर्नु पर्दा अन्य पहाडी जिल्लाको तुलनामा बिकास भएको देख्न सकिन्छ। 

एक हिसाबले भन्ने हो भने अर्घाखाँची जिल्ला पहाडी जिल्ला मध्येको नेपालकै  गाउँ,गाउँमा मोटरबाटाहरु को सुविधा रहेको पहिलो जिल्ला हो। तर पछिल्लो समयमा  जिल्लाका बिभिन्न ग्रामिण क्षेत्र देखि शहरी क्षेत्रमा बिकास भन्दा बिनास भएको देख्न सकिन्छ। 

जिल्लाका गाउँ टोलमा प्रधानमंत्री स्वरोगार कार्यक्रम भनेर सामजिक संजालमा तस्विर हरु पोष्ट गरिएको छ्याप छ्याप ति देख्न सकिन्छ तर सडकमा खसेको पहिरोहरुलाइ समयमै व्यवस्थित गर्न नसक्दा बिकासको नाममा झनै ठुलो बिनास भएको जिल्ल्वासीले महसुश गरेका छन्। 

के प्रधानमंत्री स्वरोजगार कार्यक्रम देशको अर्थतन्त्र सित्तैमा सिध्याउनको लागि मात्र राखिएको हो त? के प्रधानमंत्री स्वरोजगार कार्यक्रम जनप्रतिनिधिका आसेपासे र नाताकुटुम्बलाइ मात्र जागिर दिन ल्याईएको कार्यक्रम हो ? प्रश्न चिन्ह खडा हुन्छ? 

अर्घाखाँचीमा प्रधानमंत्री स्वरोजगार कार्यकममा जनप्रतिनिधिहरुले येसो गर्यौ -उसो  गर्यौ भन्दै सामाजिक संजालमा पोष्ट गरेको पाइन्छ तर एथार्थ उनीहरुको कार्य हेर्दा बिकास गर्ने नाममा बिनास र बिकासका नाममा आएको रकमलाई बिना सित्तै काम नगरी हाजिरी गरी रकम कुम्ल्याएको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्