पर्यटनका लागी छत्रदेव

| २०८० चैत २१ गते २१: ०२ मा प्रकाशित

हृदय भुसाल अर्घाखाँची l नेपाल पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको आर्थिक बिकास,पर्यटन प्रवद्र्धन र स्थानिय रोजगारीका लागी अर्घाखाँची पर्यटन प्रवद्र्धन अभियान संचालन गरि नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डबाट उद्घाटन भई अभियान बिभिन्न प्रचारात्मक कार्यक्रम मार्फत अगाडी बढेको पत्रकार महासंघले जनाएको छ ।

अभियानको दोस्रो चरण अनुसार स्थानिय तह हरुले सिफारिस गरेका जिल्लाका मुख्य १९ गन्तब्य  मध्ये बुधवार छत्रदेव गाउँपालिकाका मुख्य ३ गन्तब्य छत्रमहाराज मन्दिर,बल्कोट पौवा,कालिका देवी भगवती मन्दिर संग रहेका अन्य पर्यटकिय स्थानहरुमा पुगी स्थलगत रिपोटिङ्ग गरेको  महासंघले बताएको छ ।
जिल्लाको मुख्य पर्यटकिय गन्तव्य बलकोट पौवा : 

बलकोट पौवा छत्रदेव गाउँपालिका वाड २ मा रहेको बल्कोट पौवाको नामले चिनिने निक्कै कलात्मक पौवा हो । कलात्मक मात्र नभई यसको ऐतिकासिक महत्व पनि उत्तिकै छ । सवै भन्दा लामो पार्टी लामपार्टी अर्घाखाँची जिल्लाको महत्वपुर्ण पर्यटकिय गन्तब्य हो ।यो ठाउँमा तत्ककालिन प्रधानमन्त्री जंगबहादुर राणाको न्वारान भएको भन्ने किम्दन्ती भएको स्थानिय गोपिलाल खनालले बताए । जंगवहादुरका पिताबलानरसिँन्ह कुवर अर्घाखाँची भन्दा पश्चिमका क्षेत्रमा सैनिक अधिकृतमा कार्यरत रहेको बखत उनकी श्रीमती गर्भवती भईन यतीबेलाको चलन अनुसार हिड्दै जादै गर्दा बल्कोटभन्दा अलिकति पश्चिमतिर रहेको लामपाटी भन्ने ठाउँमा वास वसैकै वेलामा सुत्केरी भईन् । त्यसरी सुत्केरी भएको नवौँदिन सम्म तिनीहरु त्यही वसेकोे र १० औँ दिन बल्कोट पुगेको र औ दिनमा जंगबहादुरको सोही वलकोट पौवामा न्वारान भएको स्थानिय स्थानियले बताए ।

सोही समयमा अर्घाखाँची अर्थात यही क्षेत्रकै सनकसिंह टण्डन सेनाको माथिल्लै ततहमापुगिसेका थिए । उनकी उउटा बहिनी जंगवहादुरले बिवाह गरेका थिए बिंस १९०३ मा जंग बहादुर प्रधानमन्त्री बनेपछि कर्णेल सनकसिंह टण्डनले जंगवहादुरको ईतिहासलाई अमर बनाउन भन्दै आफुले स्थापना गरेको गुठी मार्फत जंगवहादुरको न्वरान भएको ठाउँ बल्कोट पौवा वनाउन लगाएको किम्वदन्ती रहेको छ । बल्कोट पौवा निमार्ण तथा त्यहा भएका सवै ईट्टाहरु भतmपुर बाट ल्याई कलात्मक रुपमा निमार्ण भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्