अशोक खनाल ,सन्धिखर्क।अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा न.१ निवासि निर्माण व्यवसायी भुसाल आयल सेन्टर का प्रोपाइटर तथा समाजसेवी ब्याक्तित्व कृष्ण भुसालले कोभीड १९ बाट सन्क्रमित भइ अर्घाखाँची अस्पताल को आइसुलेशन कक्ष तथा आकस्मिक कक्षमा उपचारार्थ बिरामी हरुको लागि नि:शुल्क १ महिना खाना नास्ताको व्यवस्था गर्ने भएका छन्।
समाजसेवी भुसालले श्रावण १६ गते देखि भाद्र १६ गते सम्म एक महिनाको नि:शुल्क खाना नास्ताको ब्याबस्थापन गर्ने घोषणा गरेका छन् यस भन्दा अघि पनि उनले अति बिपन्न बर्गको निम्ति करिब पाँच लाख बराबरको खाध्यान्न सामाग्री बितरण गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्