अर्घाखाँचीमा घरपरीवार सूचीकरण गर्ने कार्य सम्पन्न: २०७८ को लागी अर्घाखाँचीमा ५३ हजार ८४७ घर संख्या

| २०७८ असोज १९ गते १७: ४८ मा प्रकाशित

श्याम घिमिरे।
असोज १९,अर्घाखाँची – राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको कार्यक्रम  अन्तरगत अर्घाखाँची जिल्लामा घरपरीवार सूचीकरण गर्ने कार्य सम्पन्न भएको छ । गत भाद्र ३० गते देखी शुरु भएको घरपरीवार सूचीकरण कार्य असोज १८ गते (सोमवार) सम्पन्न भएको हो ।

हालसम्म प्राप्त बिबरण अनुसार राष्ट्रिय जनगणना कार्य २०७८ को लागी ५३ हजार ८ सय ४७ घर संख्या रहेका छन भने, जनगणना घर क्रम संख्या ४१ हजार २० रहेको र जम्मा जनगणना परीवार संख्या ४४ हजार ५ सय १९रहेको जिल्ला जनगणना कार्यालय अर्घाखाँचीका सहायक जनगणना अधिकारी दिलिप कुमार केसीले जानकारी दिनुभएको छ ।

केसीका अनुसार हाल ६ वटै स्थानीय तहको घरपरीवार सूचिकरण गर्ने कार्य सम्पन्न भई सकेको छ भने सुपरीवेक्षकहरु दुर्गम ठाउँहरुवाट आउनेक्रम भईरहेको जनाईएको छ । सुपरीबेक्षकहरुले प्राप्तगरेका डाटाहरु स्थानीय जनगणना कार्यालयमा बुझाई सकेपछि पुर्ण विबरण आउने सहायक जनगणना अधिकारी केसीले जानकारी दिनुभयो ।

केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर जिल्लाभर ७४ जना सुपरिवेक्षक खटाएको छ । दोस्रो चरणमा हुने मुख्य जनगणना कार्य आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र सम्पन्न हुनेछ । मेरो जनगणना मेरो सहभागिता’ भन्ने मुख्य नारासहित सुरु भएको जनगणनामा समाजका सबै तहतप्काको सहभागिता जनाउन विभागले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्