नेपाल कम्युनिस्ट पार्टीअर्घाखाँचीद्वारा सरकार संग भएको ३ बुदे सहमती यथासिघ्र कार्यन्वयन गर्न माग गर्दै बिरोध प्रदर्शन

| २०७८ असोज २० गते २०: ३१ मा प्रकाशित

अर्घाखाँची।नेपाल कम्युनिस्ट पार्टीले सरकार संग भएको ३ बुदे सहमती यथासिघ्र कार्यन्वयन गर्न माग गर्दै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बिच गत फागुन २१ मा  भएको ३ बुदे सहमति सरकारले कार्यन्वयन नगरेर आस्थाका बन्दिहरुलाई रिहाइको माग गर्दै नेकपा अर्घाखाँचीले बिरोध प्रदर्सन कार्यक्रम गरेको नेकपा जिल्ला सदस्य दिवाकरले जानकारी दिएका छन ।

बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता क. चिन्तनले हामीलाई राष्ट्रियताको पक्षमा आवाज उठाउदै गर्दा, गरिब दुखिको पक्षमा बोल्दै गर्दा, बलत्कारीलाई कारवाहीको माग गर्दै गर्दा, भ्रष्ट्रचारीलाई कारवाहीको माग गर्दै गर्दा, एनसिएलले कर तिर्नुु पर्छ भन्दा हामीलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धको नेपाली जनताले प्रतिकार गर्दै गर्दा २ वर्ष पछि ३ बुदे सहमती अनुसार फुुकुवा गर्न बाध्य भएको थियो तर सहमती बमोजिम सरकारले सहमती कार्यन्वयन नगरेको बताएको छन । यस्तै सरकारले हाम्रा आस्थाका बन्दिहरुलाई रिहाइ नगरे फेरी पनि जनताले प्रतिरोध गर्ने बताएका छन  

स्तै नेकपाका भुनपा र सनपा नगर इन्चार्ज नविन खड्काले हाम्रा राजबन्दिहरुलाइ  रिहाइ नगरे हाम्रो पार्टीले जस्तो सुकै कदम चाल्ने बताएका छन । यस्तै यो दलाल सरकारले आम नेपाली जनताको पक्षमा काम गर्न नसकेको ले यो ब्यबस्था असफल भएको पुष्टि गरेका छन । अब यो ब्यबस्थाको विकल्पमा एक मात्र ब्यबस्था वैज्ञानिक समाजवादी ब्यबस्था रहेको हूदाँ सम्पुर्ण नेपाली जनता लाम त्रद्ध भएर यसको पक्षमा लाग्नु पर्ने बताका छन ।  

करिब ५० जना उपस्थित रहेको कार्यक्रमलाई अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य बाबुराम एसकेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्