प्रमुख जिल्ला अधिकारी घिमिरेलाई स्वागत : शान्ति सुरक्षा अमन चयन कायम गरेर अगाडि बढ्छु प्रजिअ : घिमिरे

| २०७८ कार्तिक ५ गते १७: ०८ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। 
कार्तिक ५ - कर्मचारी हरुको आधिकारिक ट्रेडयुनियन अर्घाखाँचीको  आयोजना मा नब आगन्तुक कर्मचारी हरुलाई स्वागत तथा जिल्ला बाट सरुवा भई जानेलाई बिधाई गर्ने कार्यक्रम अन्तरगत गृह मन्त्रालय बाट सरुवा भई अर्घाखाँची आउनु भएका प्रमुख जिल्ला अधिकारी  सहसचिव हरि घिमिरेलाई जिल्लामा स्वागत गरिएको छ।

आधिकारिक ट्रेडयुनियन अर्घाखाँची का जिल्ला अध्यक्ष झबिन्द्र खनालको अध्यक्षता  कृस्न बर्माको सन्चालन  को  हरि डुम्रेको  स्वागत मन्तब्यमा  सम्पन्न भएको कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी घिमिरेलाई ट्रेड युनियन ले प्रकासन गरेको बृर्ति नामक पुस्तक हस्तान्तरण गरि सफल कार्यकालको शुभकामना सहित स्वागत गरिएको हो  । 

स्वागत कार्यक्रम मा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले  अर्घाखाँची मा रहदा जन्ताको ज्युधनको सुरक्षा गर्दै शान्ति सुरक्षा अमन चयन प्रभाबकारि सेवा जन्तालाई उपलब्ध गराउन आफु प्रतिबद्ध भएर लाग्ने बताउनु भयो उहाले ट्रेड युनियनले गरेको स्वागतले आफु हर्सित भएको बताउनु भयो  कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल लगाएतका सुरक्षा निकाएका प्रमुख तथा कर्मचारी हरुको सहभागी ता रहेको थियोे ।कार्यक्रममा जिल्ला हुलाक कार्यलय प्रमुखको बिधाई तथा अन्य कार्यलयका नब आगन्तुक कर्मचारी हरुलाई स्वागत गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्