नेपाल तरुण दल अर्घाखाँचीले मनायो दिप प्रज्वलन गरि ६८ औँ स्थापना दिवस

| २०७८ कार्तिक १० गते २०: ०६ मा प्रकाशित

अर्घाखाँची । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी आज देशभर आफ्नो ६८ औं स्थापना दिवस मनाएको छ ।

“राष्ट्रियता लोकतन्त्र र तरुण एकता आजको आवश्यकता” भन्ने मूल नाराका साथ तरुण दल अर्घाखाँचीले सन्धिखर्कको शान्तिबगैचामा दिप प्रज्वलन गरि मनाएको हो ।

कार्य्रक्रममा बोल्ने वक्ताहरुले स्थापना दिवसको अवसरमा शुभकामना दिदै ‘पार्टी बलियो बनाउन तरुण, युवाहरु एकजुट र बलियो हुनुपर्ने बताएका छन् ।

कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा विसं २०१० कात्तिक १० मा स्थापना भएको नेपाल तरुण दल वि.सं २०१७ पुस १ मा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई पक्राउ गरेसँगै निष्क्रिय अवस्थामा रहेको थियो । पुनः विसं २०५४ मा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले तरुण दलको पुनस्थापना गरेपछि तरुण दलले आफ्नो सङ्गठनलाई विस्तार गर्दै आएको छ ।

उक्त कार्यक्रम तरुणदल जिल्ला सभापति नारायण खड्काको अध्यक्षता र सन्धिखर्क नगर सभापति जम्सेर मियाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्