७३२ औं स्थापना दिबसको अबसरमा नेपाल निजामती कर्मचारी संगठनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री बितरण

| २०७९ बैशाख ७ गते १३: ५६ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले आफ्नो ३२औं स्थापना दिबसरको अबसरमा जिल्लाको निर्मल नबज्योती सुस्तमन: स्थिति बिध्यालयका विद्यार्थीहरु लाई शैक्षिक तथा खेलकुदका सामाग्रीहरु बितरण गरेको छ ।

  बुधबार संगठनका केन्द्रिय सदस्य दिलिप कुमार केसिको प्रमुख आतिथ्यतामा उक्त सामाग्रीहरु बितरण गरेको छ सामाग्री बितरण कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष गणेश प्रसाद भन्डारी,PAN का केन्द्रिय सदस्य प्रेम चन्द बिक, आधिकारिक ट्रेड युनियन ( सिबिय)का जिल्ला उपाध्यक्ष हरि प्रसाद डुम्रे , बिध्यालयकी निमित्त प्रअ एकता रायमाझी , करार कर्मचारी संगठनका प्रदेश समितिका बरिस्ठ उपाध्यक्ष सुदिप जिसि, सन्धिखर्क नगरपालिका का संगठनका अध्यक्ष प्रेमनारायण खनाल,बिध्यालयका अभिभाबक पदम भुसाल ,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ छापेली लगायतको उपस्थित रहेको थियो ।

    कार्यक्रममा संगठनका केन्द्रिय सदस्य दिलिप कुमार केसिले आफ्नो संगठनले  संगठनको स्थापना दिबसमा अबसरमा हरेक बर्ष विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको उल्लेख गर्दै , जनताका  हरेक  किसिमको सेवा प्रबाहमा संगठन  जिम्मेवारका साथ काम गरेको र गरिरहने भन्दै  आसन्न निबाचन लाई  स्वतन्त्र र निस्पक्ष रुपमा सम्पन्न गर्न गराउन आफ्नो संगठनको महत्त्वपूर्ण भुमिका निबाह गर्ने प्रतिबद्धता ब्याक्त गरेका थिए , कार्यक्रममा सिबिय अर्घाखाँचीका  उपाध्यक्ष हरि प्रसाद डुम्रे , नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रम  संगठनका जिल्ला अध्यक्ष गणेश प्रसाद भन्डारिको अध्यक्षता तथा संगठनका सचीव पशुपति खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्