धा'रि'लो ह'ति'यार टाउको र हातमा का'टि'एको अबस्थामा अर्घाखाँचीमा एक पुरुष मृ'त अबस्थामा फेला

| २०८१ जेठ २२ गते ०७: ५६ मा प्रकाशित

केशब पन्थी।  अर्घाखाँचीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

 सन्धिखर्क नगरपालिका- ६ जगता स्थित ५४ बर्षिय भिम बहादुर खत्री क्षेत्री मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। 

टाउको र हातमा धारिलो हतियारले काटेको छ। घटनाको प्रकृति हेर्दा हत्या भएको आसङ्का रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

हिजो दिउँसो भएको घटनामा सोधपुछको लागि मृतकको श्रीमतीलाई नियन्त्रणमा लिइएको र मृतकको पोष्ट्माटमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्