अर्घामा खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता आज देखि सुरु

| २०८० मंसिर २ गते २०: ०९ मा प्रकाशित

रमेश थापा ,अर्घाखाँची।"स्वस्थ्यका लागि खेलकुद राष्ट्रकाका लागि खेलकुद" भन्ने मुल नारा सहित सन्धिखर्क नगर पालीका वडा नम्बर ९ को कार्यालय बाट २०८०/२०८१ को युबा लक्षित कार्यक्रम को ५०,०००। (पचास हजार)  बजेट बाट  ९ नम्बर वडा भित्र का साबिक वडाहरुको भलिबल खेल संचालन भएको छ। 

खेलकुद  संचालन  कार्यक्रम को अध्यक्षता खेल  संयोजक प्रकाश  अधिकारीले गर्नु भएको थियो । प्रमुख अथिती सन्धिखर्क नगर पालिका मेयर कृष्ण प्रसाद श्रेष्ठ रहनु भएको थियो भने बिशिस्ट अथिति मा सन्धिखर्क नगर पालिका वडा नम्बर ९ का अध्यक्ष पदम बहादुर भुसाल रहनु भएको  थियो । 

मेयर कृष्ण प्रसाद श्रेष्ठ/पदम बहादुर भुसाल
अथिती हरुमा नेकपा एमाले का  सन्धिखर्क ९ नम्बर वडा कमिटी का अध्यक्ष तुल्सिराम रायमाझी , रा .मो.का नेता पोम नारायण पौडेल , स.न.पा ९ का वडा सदस्य हरु बिष्णु प्रसाद आचार्य , सिमा परियार , नारायण  रायमाझी  अन्य अथिती हरु बसन्त के.सि,राम बहादुर थापा ,डुक बहादुर  कार्की प्रमोद रायमाझी , मणिराम भुसाल ,नारायण राउत , कृष्ण  प्रसाद  भुसाल , अर्घाखाँची बुलेटिन पत्रकार रमेश को  उपस्थिति मा बल बहादुर रायमाझी को संचालन  मा कार्यक्रम  सुरु भएको छ।
 
दर्शक 

साबिक वडा हरुको  खेलमा  १५ टिमले सहभागीता जनाएका छ्न उक्त खेल को उदघाट्न सन्धिखर्क नगर पालीका का मेयर कृष्ण प्रसाद श्रेष्ठ ले गर्नु भएको छ। खेल लगातार २/३ दिन सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्