चुनावका बेला जनतासंगका बाचा पूरा गर्छाैं : मालारानी गाउँपालिका प्रवत्ता मिश्र

| २०७९ असार ७ गते १८: ३१ मा प्रकाशित

गणेश खनाल।नेकपा एमाले बाँगी गाउँकमिटीकाे बैठक सम्पन्न भएकाे छ । बैठकमा मन्तव्य राख्दै नेकपा एमाले मालारानी गाउँपालिका इन्चार्ज तथा मालारानी गाउपालिका प्रवत्ता तिलक मिश्रले जनताका हित हुने गरि विकास याेजना छनाेट गरिने बताउनुभयो । 

मालारानी गाउँपालिका वाडनम्वर ५ का अध्यक्ष समेत रहनु भएका मिश्रले चुनावका बेला जनतासग गरेका सबै बाचा ५ वर्षमा पूरा गर्ने प्रतिवद्वता जाहेर गर्नुभयाे । 
नेकपा एमाले वाड कमिटीका अध्यक्ष केआर बस्नेतकाे अध्यक्षता र सचिव विष्णु पन्थीकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा मालारानी गाउँपालिका सह इन्चार्ज मुनाल खड्काले मन्तव्य राख्नुभएकाे थियाे । 

बैठकमा टाेल कमिटीका अध्यक्षहरूले रिपोर्ट प्रस्तुत गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्