अर्घाखाँचीको डाँडाकटेरीमा श्रीमानद्वारा श्रीमतीको ह'त्या : हत्या पछि प्रहरी समक्ष आत्मसमर्पण

| २०७९ असार १० गते १९: २८ मा प्रकाशित

लिलामणि पोख्रेल ,मालारानी। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर २ को डाँडा कटेरीको साइत टोलामा श्रीमानले आफ्नै श्रीमतीको ह'त्या गरेको खबर प्राप्त भएको छ। 

आज  दिउँसो डाँडाकटेरी निवासी २७ बर्षिय कमल भुसालले आफ्नी २३ बर्षिया श्रीमती सरु भुसाललाई घा'टी च्या'पी हत्या गरेको बुझिएको छ।आफ्नी श्रीमतीको हत्या गरिसकेपछि  ह'त्या'रा कमल भूसाल इलाका प्रहरी कार्यालय खनमा आफै गई आत्मसमर्पण गरेको प्रहरी श्रोतले जनाएको छ। 

श्रीमान श्रीमती आज दिँउँसो संगै दाउरा काटन गएको र जंगल मा पुगेपछि कमल भुसालले श्रीमतीको घाटी च्यापी हत्या गरेर स्याउलाले श्रीमतीको शवलाई ढाकी खन प्रहरी समक्ष आत्मसमर्पण गर्न आईपुगेको ह'त्या'रा ले प्रहरी सामु बताएको बुझिएको छ।  यद्वपी घटना के कारण ले भयो भन्ने बिषयमा थप जानकारी आउँन बाँकी रहेको छ। 

अहिले घटनास्थलमा प्रहरी पुगीसकेको जानकारी आएको छ। 

 

प्रतिक्रिया दिनुहोस्