मालारानीमा उच्च रक्तचाप, मधुमेह र छारे रोग (मृगी) का विरामीलाई निःशुल्क औषधि वितरण कार्यक्रमको शुभारम्भ

| २०७९ फागुन १ गते ०७: ४४ मा प्रकाशित

पुजा कुँवर ,मालारानी। मालारानी गाउँपालिका,अर्घाखाँची अन्तर्गत सबै वडाका स्वास्थ्य संस्थाहरूमा दीर्घ रोगका विरामीहरू मध्ये उच्च रक्तचाप, मधुमेह र छारे रोग (मृगी ) का विरामीहरूलाई निःशुल्क औषधि वितरण कार्यक्रमको एकैसाथ शुभारम्भ कार्य भएको छ।

 गाउँपालिका अध्यक्ष श्री दलबहादुर भट्टराई निर्वाचित भएपश्चात पदभार ग्रहणकाे अवसरमा उक्त कार्यक्रम घाेषणा गर्नुभएको थियाे ।औषधी बितरण कार्यक्रममा वडा नं. ४ मा अध्यक्ष श्री दल बहादुर भट्टराई, वडा नं. ३ मा उपाध्यक्ष श्री दिपा पाेख्रेल एवं अन्य वडाहरूमा सम्बन्धित वडाअध्यक्षहरूले बिरामीलाइ औषधी वितरण गरि शुभारम्भ गर्नुभएको छ । 

निःशुल्क औषधि वितरण कार्यक्रम

औषधी वितरण कार्यक्रमकाे शुभारम्भ गर्दै पालिका अध्यक्ष श्री दलबहादुर भट्टराईले दिर्घराेगीहरूलाइ याे  कार्यक्रम फलदायी रहने साथै कार्यक्रमकाे प्रभावकारिताकाे आधारमा आगामी दिनमा निरन्तर रूपमा संचालन गरिने बताउनुभएको छ । 

वडा नं. ४ काे खन स्वास्थ्य चाैकीमा भएकाे कार्यक्रममा वडा अध्यक्ष तथा स्वास्थ्य चाैकी ब्यवस्थापन समिति अध्यक्ष बिष्णुप्रसाद पाेख्रेलकाे अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री दलबहादुर भट्टराईकाे प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति सदस्य टुल्कादेबी आचार्य, मालारानी गाउँ कार्यपालिका सदस्य लिलबहादुर बि.क., वडा नं. ४ का वडा सदस्यहरू, स्वास्थ चाैकी ब्यवस्थापन समितिका सदस्यहरू, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूकाे आतिथ्यतामा भएको कार्यक्रमकाे संचालन, स्वास्थ्य शाखा प्रमुख भबिश्वर खनाल तथा स्वागत मन्तब्य खन स्वास्थ चाैकी इन्चार्ज भबिश्वर खनालले राख्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस्