फागु पुर्णिमाको अवसरमा नरसिंहस्थान मन्दिरमा बृहत भजन कृतन हुने

| २०७९ फागुन १७ गते २२: ३३ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।फागु पुर्णिमाको अवसरमा नरसिंहस्थान मन्दिरमा बृहत भजन कृतन हुने भएको छ ।

मालारानी गाउँपालिका वडा नं ७ बामरुकमा अबस्थित ऐतिहासिक पर्यटकीय स्थल नरसिंहस्थान मन्दिरमा विगतका वर्षहरुमा जस्तै फागु पुर्णिमाको दिन बृहत भजन कृतन हुने भएको हो ।

फागु पुर्णिमा अर्थात् २२ गते सांझ ४ बजे देखी २३ गते सांझ ४ बजे सम्म २४ घण्टा बृहत भजन कृतन हुने भएको छ ।

बुधबार मन्दिर ब्यवस्थापन समिति बैठकले सम्पुर्ण भक्तजनहरुमा उपस्थितभै पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्