नेकपा एमाले मालारानीकाे बैठक सम्पन्न

| २०८० माघ २० गते २०: १४ मा प्रकाशित

लिला बि,क, मालारानी।२०८० कार्तिक १७ गते जाजरकोट जिल्लाकाे रामीडाडाँ केन्द्रबिन्दु भई गएकाे विनाशकारी भुकम्पले जाजरकोट र रूकुम पश्चिम जिल्लामा धेरै मानवीय एवम् भाैतिक क्षति भएको अवस्थामा पिडीतहरूलाइ राहत, उद्वार, पुनस्थापना एवम् सहयाेगका लागि नेकपा एमाले केन्द्रीय कमिटीकाे याेजना अनुसार पार्टी जिल्ला कमिटी अर्घाखाँची अन्तर्गत मालारानी गाउँपालिकाबाट मंसिर ५ गतेदेखि २० गतेसम्म रूकुम पश्चिम जिल्ला चाैरजहारी नगरपालिका वडा नं. ११ र १२ मा गई स्वयंसेवकीय रूपमा १५ दिनसम्म खटिई फर्केका ६ जनालाई नेकपा एमाले मालारानी गाउँपालिका कमिटीले पालिका 
कमिटी सचिवालय बैठककाे अवसरमा  सम्मान गरेको छ । 

स्वंयसेवक हरूलाई टीका, खादा, सम्मान-पत्र र नगद रू. ५०००।- बाट सम्मान गरिएकाे थियाे । सम्मानित हुनेहरूमा नेकपा एमालेे जिल्ला कार्यालय सचिव  बि.क., (मालारानी-४) पार्टी प्रदेश स्वयंसेवा बिभाग सदस्य  अर्जुन खनाल, (मालारानी-४) मालारानी वडा नं. ८ का वडा कमिटी अध्यक्ष  खिमबहादुर घ.म., (मालारानी-८) पालिका कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सचिव  ऋषिराम पन्थी, (मालारानी-५) पालिका कमिटी सदस्य  लालबहादुर घ.म. (मालारानी-८) र केश बहादुर पुन (मालारानी-८) रहेका छन । 

बैठक कमिटीका का.वा. अध्यक्ष  बिष्णु प्रसाद मिश्र, प्रदेश कमिटी सदस्य  शालिकराम आचार्यकाे प्रमुख आतिथ्यता, प्रदेश सल्लाहकार परिषद सदस्य/ मालारानी गाउँपालिका अध्यक्ष  दलबहादुर भट्टराई,  जिल्ला कमिटी सदस्य/ पालिका ईन्चार्ज  तिलक मिश्र, जिल्ला कमिटी सदस्यहरू  नरेन्द्र बस्नेत,  लिलबहादुुर पाण्डेकाे आतिथ्यता, पालिका कमिटी उपसचिव, मालारानी उपाध्यक्ष  दिपा पाेख्रेल, उपसचिव  बिष्णुप्रसाद पाैडेल, पालिका कमिटीका सचिवालय सदस्य, वडा कमिटी अध्यक्ष, जनसंगठनका पालिका कमिटीका अध्यक्ष  कमरेडहरूकाे उपस्थिती रहेकाे थियाे । पालिका कमिटी सचिव  नारायण अर्यालले संचालन गरेकाे बैठकले कमिटीकाे आगामी याेजना, पालिका स्तरीय प्रशिक्षण, जनसंगठनका भेला बैठक लगायतका बिषयमा महत्त्वपूर्ण निर्णय गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्