श्री शान्ति मा.वि. मालारानी-५, बाँगी, अर्घाखाँचीको पाँच दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न

| २०८० माघ २५ गते १५: १९ मा प्रकाशित

पूजा केसि ,मालारानी।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ५ मा रहेको श्री शान्ति माध्यमिक विद्यालयमा प्राविधिक धार तर्फ (कक्षा ११-१२) मा अध्ययनरत विद्यार्थीहरुको पाँच दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ । विद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर २०८० अनुसार माघ १९ देखि २३ गते सम्म रहेको सिकाई आदान–प्रदान एवं क्षमता विकासका लागि शैक्षिक अवलोकन भ्रमण गरिएको हो । भ्रमणको क्रममा विभिन्न जिल्लामा रहेका पर्यटकीय स्थल, धार्मीक स्थल, औद्योगिक क्षेत्र क्षेत्रहरुको भ्रमण गरिएको छ । 

पाँच दिने भ्रमणको शिलासिलामा पहिलो दिन भगवान गौतम बुद्धको जन्मस्थल तिलौराकोट लुम्बिनी, मायादेवी मन्दिर, विश्व शान्ति स्तुपा, कोरियन टेम्पल, जर्मन टेम्पल आदि स्थानहरुको अवलोकन गरिएको थियो । 
त्यस्तै भ्रमणको दोस्रो दिन सहिद स्मारक पार्क, सहिद स्मृती स्तम्भ हेटौडा, सर्लाही जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल मानव निर्मित भरत ताल लगायतक स्थानहरुको भ्रमण तथा अवलोकन गरिएको थियो ।

त्यस्तै भ्रमणको तेश्रो  दिन जानकी मन्दिर जनकपुर, धनुषा, गंगासागर ताल,  जनकपुर-जयनगर रेल्वे स्टेशन, कोशी ब्यारेज लगायतका पर्यटकीय स्थानहरुमा भ्रमण तथा अवलोकन  गरि इलामको जिल्लाको प्रसिद्ध पर्यटकिय स्थल कन्याममा पुगेको थियो। 

तेस्तै भ्रमणको चौथो  दिन इलाम जिल्लाको प्रमुख पर्यटकिय स्थान कन्याम, चियाबगान, लभडाँडा इलाम, बुढासुब्वा मन्दिर धरान सुनसरी लगायको भ्रमण तथा अवलोकन गरिएको थियो भने भ्रमणको पाँचौ दिन नवलपरासी जिल्लाको प्रमुख पर्यटकिय स्थल सिजि मन्दिरको अध्ययन अवलोकन गरि पाँच दिने भ्रमण सम्पन्‍न भएको थियो।

प्रतिक्रिया दिनुहोस्