क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका इन्चार्ज हुकुम खड्का र सह संयोजक नरेश्वर पाण्डे प्रहरी को नियन्त्रणमा

| २०८० माघ २८ गते १५: १२ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ८ का बालशिक्षा माबी का प्र. अ राजेन्द्र पन्थी लाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले कालोमोसो दलेर जनकारबाही गरेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले देश को विभिन्न जिल्ला हरु मा कालोमोसो दल्दै आएको भएपनि अर्घाखाँची मा भने पहिलो यो पहिलो पटक हो ।

कालोमोसो दल्ने क्रममा पाटी का जिल्ला इन्चार्ज हुकुम खड्का र सह संयोजक नरेश्वर पाण्डे गिरफ्तार गरिएको पटिका नेता नबिन खड्का ले जानकारी गराउनु भएको छ। 

खन ईलाका प्रहरी मा जानकारी लिदा उहाँहरु प्रहरी को नियन्त्रण मा रहनु भएको खनका प्रहरी निरीक्षक इश्वर अधिकारी ले जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्