पेशागत संघ संगठन द्वारा कारबाहीको माग

| २०८० माघ २८ गते १६: १५ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।क्रियाशील पेशागत संघ संगठन द्वारा कारबाहीको माग गरेका छन। 

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नं. ८ स्थित वालशिक्षा माध्यमिक विद्यालयका प्रधान प्राध्यापक राजेन्द्र पन्थीलाई घरवाट विद्यालय जाने क्रममा आइतबार भएको घटना प्रति क्रियाशील पेशागत संघ संगठनले प्रेस विमोचन मार्फत घोर आपत्ति जनाएको छ । 

उक्त व्यवहार गर्ने व्यक्तिहरुलाई पहिचान गरी कानुनी दायरामा ल्याएर  कारवाही गर्न सम्बन्धित निकायसंग माग गरेको हो । प्रेस विज्ञप्तिमा लेखिएको छ । विभिन्न संघ संगठनले संयुक्तरूपमा हस्ताक्षर गरेका छन । 

अर्घाखाँची बुलेटिन संग कुरा गर्दै उनले भने अराजक फैलाउने जो कोहि हो फुलको माला होइन,कानुनी रुपले नै जबाफ दिनुपर्छ । कुनै पनि समस्याको समाधान वार्ता बाट हुने बताए । 

उता धर्मेन्द्र बाँस्तोला निकट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले जनकारबाही गरेको बताएको थियो । जिल्ला इन्चार्ज हुकुम खड्का र सह संयोजक नरेश्वर पाण्डे गिरफ्तार भएको बताइएको हो । 


क्रियाशील पेशागत संघ संगठनको प्रेस विज्ञप्ति र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीको प्रेस विज्ञप्ति  :

क्रियाशील पेशागत संघ संगठनको प्रेस विज्ञप्ति 
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीको प्रेस विज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस्