कालिका ने.रा माबिद्वारा २ दिने अभिभाबक भेट्घाट तथा घरदैलो कार्यक्रम सन्चालन

| २०८० फागुन ३ गते १८: ०४ मा प्रकाशित

केशब पन्थी ,मालारानी। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ खन लुटिपोखरीमा रहेको श्री कालिका ने.रा माध्यमिक बिद्यालयले  २ दिने अभिभाबक भेट्घाट तथा घरदैलो कार्यक्रम सन्चालन गरेको छ ।

अभिभाबकका सुझाब सल्लाह र गुनासा सुन्ने उदेश्यले बिद्यालयले  ४-४ जनाको शिक्षकको समूह बनाएर ३ टोलिलाइ बिद्यार्थी र अभिभावक सङ्ग छलफल गर्न खटाएको छ  ।

यस्तै उक्त बिद्यालयले  कक्षा ८,९ र १० का अङ्ग्रेजी ,गणित र बिज्ञानमा कमजोर बिद्यार्थीको लागि निशुल्क अतिरिक्त कक्षा सन्चालन गरेको जनाएको छ ।
कक्षा ४ र ५ का बिद्यार्थीको लागि सिकाइ ,बोलाइ र लेखाइ सम्बन्धी ज्ञान दिइएको बिद्यालयले जनाएको छ । अब कक्षा  ६ र ७ का बिद्यार्थीको लागि पनि अतिरिक्त कक्षा संचालन गरिने बताइएको छ ।  

पछिल्लो समय सामुदायिक बिद्यालयमा बिद्यार्थीको सङ्ख्या घटदो क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्