प्रश्न पत्रको गोपनीयता कायम नगर्ने शिक्षकलाई मालारानी गाउँपालिकाद्वारा निलम्बन(प्रेस विज्ञप्ति सहित)

| २०८० फागुन ६ गते १७: २४ मा प्रकाशित

अर्घाखाँची । प्रश्न पत्रको गोपनीयता कायम नगर्ने शिक्षकलाई मालारानी गाउँपालिकाले  निलम्बन गरेको छ। 

बाल शिक्षा माध्यमिक विद्यालय मा कार्यरत शिक्षक बुद्धि  बहादुर विकलाई शुक्रवार बसेको कार्यपालिका बैठकले १ महिनाको लागि निलम्बन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कँडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

शैक्षिक गुणस्तर अभिवृद्धिको विषयमा गाउँपालिका संवेदनशील रहेको तथा यी र यस्ता किसिममा शैक्षिक सुशासनमा आघात पुर्याउने जोसुकैलाई कानुनको दायरामा ल्याई कानुनबमोजिमको कारवाही गरिने  प्रमुख प्रशासकीय अधिकृत कँडेलले
जानकारी दिएका हुन । 

प्रेस विज्ञप्ति :

प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्