बाँगीमा आर्थिक सहयोग संकलन गरी शिवालय मन्दिर र्निर्माण हुँदै

| २०८० फागुन ६ गते २२: ०२ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची। बाँगीमा आर्थिक सहयोग संकलन गरी शिवालय मन्दिर र्निर्माण सुरु गरेका छन्।

मालारानी गाउँपालिका  वडा नम्बर -५ बाँगी गुराँसेमा र्निर्माण हुनलागेको शिवालय मन्दिरका लागि स्थानीयहरुले योजनाका साथ काम गर्न थालेका हुन्।

मन्दिर समितिका अध्यक्ष विष्णु माया पन्थी भट्टराईका अनुसार मन्दिर र्निर्माणका लागी करिब  ३ लाख लाग्ने बताइन् । शिवरात्रीको दिन उद्घाटन हुने गरि काम गरिएको बताए । 

मन्दिन निर्माणले गुराँसेको सौन्दर्य पुजापाठ हाम्रो जीवनस्तर विकासमा ठूलो सहयोग पुग्ने सचीव कृष्ण भुसालले बताए । 
  
पवित्र थलोमा मन्दिर हुँदा खुसी लागेको छ । युवा पुस्ताले देवि देवता प्रति आस्था राखेर आउने सबैलाई स्वागत गर्नुपर्छ। हामी सबैको धर्म भएकोले आर्थिक सहयोग गर्न अभियानता राजेन्द्र पन्थीले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्