मालारानीमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर हुँदै

| २०८० फागुन ६ गते २२: २४ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।मालारानीमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर हुने भएको छ ।

विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र (HRDC) बनेपा, काभ्रेपलाञ्चोक को आयोजना र मालारानी गाउँपालिकाको सहयोगमा १८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको लागि स्वास्थ्य तथा पुनस्र्थापन घुम्ति शिविर हुने भएको हो ।

फागुन १५ गते मालारानीको सभाहलमा हुने घुम्ति शिविरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको (क्लब फुट), आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पाँडम्रो खुस्किएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएको हड्डी पाकेर पिप आईरहने र हड्डीको टि.वि. रोग लागेको , औंलाहरु एक-आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरु बाङ्गो वा खुस्किएको, अन्य हाडजोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिमजङ्गको आवश्यकता भएकाहरुले यो शिविरको फाइदा लिनसक्ने छन ।

प्रतिक्रिया दिनुहोस्