अर्घाखाँचीको मालारानीमा एक वृद्धले ३५ बर्षिय महिला लाई श्रीमतिको रुपमा भित्राए

| २०८० फागुन १० गते २२: २२ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीको जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ७ मा एक  ६७ बर्षिय वृद्धले  सोही वडाकि ३५ बर्षिय महिलालाइ श्रीमती स्विकार्दै घरमा भित्राएका छन।

वडाध्यक्ष भुसालका अनुसार ती वृद्धको उमेर ६७ बर्ष र महिलाको उमेर ३५ बर्ष हो ।

बृद्धको पहिलो श्रीमती रहेको र छोरा नाति नातिना रहेको बुझिएको छ । ३५ बर्षिय महिलाका श्रीमानले अर्को बिहे गरि हिडेको र घरमा न आएपछी ती महिला माइतमा बस्दै आएको वडा नम्बर ७ का वडाध्यक्ष खडका प्रसाद भुसालले बताउनु भएको छ ।  दुई जनाबिच पहिलेदेखी सम्बन्ध रहेको र अहिले ती महिला गर्भवती रहेको थाहा भएपछि दुबै जनाले सम्बन्धलाइ स्विकार गरेको भुसालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्